४६ क्‍विन्टल अवैध सुपारी बरामद
काठमाडौं। झापाको मेचीनगर नगरपालिका–३, वर्मेली टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चोरीनिकासीको करीब ४६ क्विन्टल २० किलो सुपारी बरामद गरेको छ।

१६ वटा साइकलमा राखेर अवैधरूपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा ७७ बोरा सुपारी बरामद गरिएको झापा प्रहरी प्रमुख एसपी दिनेशकुमार मैनालीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापा डीएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी नेपाल २ नम्बर गण हेडक्वाटर झापाको संयुक्त टोलीले सुपारी बरामद गरेको हो।

बरामद सुपारी तथा उक्त साइकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

सुपारी तथा साइकलको भन्सार दाखिला मूल्य १३ लाख ६८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्