तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालले तेक्वान्दोमा थप दुई स्वर्ण जितेको छ। योसँगै नेपालले पहिलो दिन आज तेक्वान्दोमा ७ स्वर्ण जित्यो।

आज साँझ सकिएको १७ वर्ष देखि २३ वर्षसम्मको उमेर समूह र २३ वर्ष माथिको उमेर समूहअन्तर्गत महिला टीम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको हो।

१७ वर्ष देखि २३ वर्षसम्मको उमेर समूहमा नेपालकी निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले नेपाललाई स्वर्ण पदक दिलाए।

यो समूहमा नेपालले भारतलाई पछि पारेको हो। नेपालले ७.९८० अंक जोड्दा भारतले ७.९७० अंक ल्याएको थियो। बंगलादेशले काश्य पदक जित्यो। बंगलादेशले ७.७६० अंक ल्याएको थियो।

यसैगरी, २३ वर्ष माथिको महिला टीम पुम्सेमा नेपालकी निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राईको टोलीले श्रीलंकालाई पछि पार्‍यो।

नेपालले ७.९२० अंक ल्याउदा श्रीलंकाले ७.८१० अंक ल्याएको हो। काश्य जितेको पाकिस्तानले ७.५२० अंक ल्यायो।

यसअघि तेक्वान्दोको १३ इभेन्टमा नेपालका कमल श्रेष्ठ, आयशा शाक्य, पार्वती गुरुङ, सिना लिम्बू मादेन, आयशा र संजिवकुमार ओझाको जोडीले स्वर्ण पदक जितेका थिए।

कृष्णबहादुर तामाङले रजत जित्दा अस्मित रावत र सिना लिम्बूको जोडी, जितबहादुर बोट र पार्वती गुरुङको जोडी, तथा टीम इभेण्टमा कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बूको टोलीले काश्य पदक जिते।

पढ्नुहोस्

पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण र दुई रजत

दुई छोराकी आमा आयशालाई दुई स्वर्ण

‘बच्चासँग छुट्टिएको डेढ महीना भो, आज मिहिनेतको फल मिल्यो’

तेक्वान्दोमा आयशा शाक्य र पार्वती गुरुङलाई स्वर्ण

तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो

महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो