‘१८ वर्षपछि पेन्सन दिन विदेशी अनुदान माग्नुपर्ने अवस्था आउन सक्छ’ <p>काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले अबको १८ वर्षपछि कर्मचारीलाई निवृतिभरण (पेन्सन) दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताएका छन्।</p> <p>अहिलेको अवस्था, चुनौती र संविधानलाई ध्यानमा राखेर निजामती सेवा ऐन नल्याए सरकारले पेन्सन दिन पनि विदेशी अनुदान माग्नुपर्ने अवस्था आउन सक्ने मन्त्री त्रिपाठीले बताएका हुन् ।</p> <p>आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री त्रिपाठीले कर्मचारीको समायोजनामा देखिएका त्रुटिलाई समेत सच्याउनुपर्ने धारणा राखे।</p> <p>मन्त्री त्रिपाठीले कर्मचारीको उमेर हद कहिले ५८ र कहिले ६० बनाइएकाले विधेयक पटक&ndash;पटक संशोधन हुनुले संसदको प्रभावकारितामाथि प्रश्न उठ्ने भन्दै गहन छलफल आवश्यक रहेको समेत बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्