मिस युनिभर्स टप–२० को प्रतिस्पर्धामा प्रदीप्ता

काठमाडौं। नेपालबाट प्रदीप्ता अधिकारीले मिस युनिभर्स २०१९ मा सहभागिता जनाएकी छन्।

मिस युनिभर्स नेपाल २०१९ की विजेता अधिकारी यतिबेला टप २० को लागि प्रतिस्पर्धामा छिन्।

विश्वभरका ९० सुन्दरीहरूको भीडमा अधिकारी ६०औं नम्बरमा छिन्। उनलाई टप २० मा पु¥याउन विश्वभरबाट भोट गर्न सकिनेछ।

त्यसका लागि मिस युनिभर्सको वेबसाइटमा गएर भोट गर्न सकिनेछ। ६ डिसेम्बरको राति ११ बजेर ५९ मिनेटसम्म भोट गर्न सकिनेछ।

त्यसका लागि मिस युनिभर्सको वेबसाइट vote.missuniverse.com मा गएर भोट गर्न सकिनेछ। उम्मेद्वारको तस्वीरमा हरियो तारामा थिचेर एक भोट निःशुल्क दिन सकिनेछ।

त्यसपछि तस्वीरको स्वर्ण तारामा थिचेर निश्चित शुल्क तिरेर भोट पनि गर्न सकिनेछ। त्यसका लागि देशको आधारमा मोबाइल अपरेटर वा क्रेडिट कार्ड प्रयोग गरेर भोट गर्न सकिनेछ।

जस्तो ६१औं नम्बरमा रहेकी नेपालकी प्रदीप्ता अधिकारीलाई पहिले हरियो तारामा क्लिक गरेर निःशुल्क एक भोट दिने, त्यसपछि गोल्ड तारामा थिचेर १ देखि ९९.९९ डलर तिरेर भोट गर्न सकिनेछ।

एक डलरमा तीन भोट गर्न सकिनेछ भने ९९.९९ डलरमा तीन सय भोट गर्न सकिनेछ।

को हुन् प्रदीप्ता?

प्रदीप्ता मेडिकलकी विद्यार्थी हुन्।

नृत्य, अभिनयजस्ता बहुआयामिक प्रतिभाकी धनी प्रदीप्ताले शान्ति सुन्दर बाल कल्याणको साथ निकट काम गरेकी थिइन्।

उनको अभियान “सबका लागि स्वास्थ्य हेरचाह” चर्चामा छ, जुन मातृ, नवजात शिशु र बाल मृत्युदरसँग केन्द्रित छ।

यस अभियानले निःशुल्क मेडिकल चेकअप, उपचार र परामर्श प्रदान गर्दछ।

प्रदीप्ताको लक्ष्य विश्वव्यापी स्वास्थ्य अधिवक्ता बन्ने हो। उनी फ्रान्सेली र मन्डारिन भाषा अध्ययन गर्दैछिन्।

यदि उनी मिस युनिभर्स बन्न सफल भएमा उनले यस प्लेटफर्मको प्रयोग गरी विश्वका विभिन्न कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिने योजना छ।

प्रतिक्रिया दिनुहोस्