काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्।
आज सानेपामा कांग्रेस नेता स्वर्गीय भिमबहादुर तामाङको ७ औं स्मृति सभामा बोल्दै उनले सरकारले धाँधली गरेको आरोप लागएका हुन्।
पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउँदै देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसविरुद्ध प्रयोग गरेको पनि आरोप लगाए।
कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको उनको आरोप छ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनुपर्ने बताए।
निर्वाचनको नतिजाले जनता सरकारसँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत गरेको नेता पौडेलको भनाइ छ।
कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको समेत नेता पौडेलले बताए।