काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्।
१४ मंसीरमा भएको उपनिर्वाचनको अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताए।
उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रक्रियालाई ध्यान दिंदा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए।
उनले सरकार निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरूको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोप समेत बताए।
यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल उनले बताए। कांग्रेस प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरूलाई जवाफ दिएको समेत बताए।
उनले मतदाताले दूरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको समेत बताए।
आजै भएको एउटा अर्काे कार्यक्रममा भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका थिए।