खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा-सुरुवाल
काठमाडौं। मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापाले दौरा-सुरुवाल लगाएनन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा-सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि मन्त्री थापाले अस्वीकार गरे।

तर, १५ मंसीरमा रंगशालामा उनी अचानक दौरा–सुरुवालमा आए, यो दौरा-सुरुवाल दक्षिण एशियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए।

गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भीआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन्।

सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

तर, दुर्भाग्य। नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्रयाक-सुटमै हिँडाइएको थियो।

खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन्।

उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग अनौपचारिक छलफल पनि गरेका छन्।

“हामीले साग आयोजनाका लागि गठित उच्चस्तरीय निर्देशन समितिमा रहनुभएका सबै पदाधिकारीलाई कोटसहितको पोशाक दिएका हौँ”, १३ औँ साग सचिवालयका प्रमुख कमल खनालले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्