पेन्सनधारी उच्चपदस्थलाई २ वर्ष काम गर्न नदिने प्रस्ताव
<p>काठमाडौं। सरकारी सेवाबाट अवकाश र राजीनामापछि पेन्सन खाइरहेका विशिष्ट तहका कर्मचारीले दुई वर्षसम्म विदेशी कूटनीतिक नियोग वा संघसंस्थाहरूमा काम गर्न नपाउने कानून बनाउन सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव गरेका छन्। </p>
<p>सरकारका सचिव र सहसचिव तहमा वर्षौं काम गरेर जागिर छाडेको भोलिपल्टै विदेशी संघसंस्थामा आवद्ध हुनु उचित नहुने भन्दै रोक्नु कानूनी व्यवस्था गर्न प्रस्ताव गरेका हुन्। </p>
<p>संघीय निजामती कर्मचारीको सेवासम्बन्धी विधेयकमाथि समितिमा १६ मंसीरमा भएको छलफलमा सत्ता र प्रतिपक्षी सांसदहरु यस्तो कानून बनाउन उचित हुने भन्दै प्रस्तावमा एकै ठाउँमा उभिएको कान्तिपुर दैनिकमा समाचार छ।</p>
<p>संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका उच्च कर्मचारीको उपस्थितिमा सांसदहरूले मुलुकमा पेन्सनवाला कर्मचारीबाहेक अरू कोही मान्छे नै नभए जसरी एउटै व्यक्तिलाई जागिर छाडेको भोलिपल्टै अवसर दिनु गलत भएको बताए। </p>
प्रतिक्रिया दिनुहोस्