ज्यान मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

दमौली। तनहुँमा सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका-३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् ।

१७ कात्तिक २०७३ मा पृथ्वीराजमार्गस्थित म्याग्दे-३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतले १२ मंसीर २०७४ मा दोषी ठहर गरेको थियो।

भुजेललाई १६ मंसीरमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले बताए।

भुजेलले चलाएको ना ४ ख ४०१८ नम्बरको बसको स्कुटरमा सवार व्यास नगरपालिका-११ बस्ने २९ वर्षीया ममता दुलालको मृत्यु भएको थियो।

जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद सजायँ सुनाएको थियो।

उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्