राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय अपांग दिवसको शुभकामना

काठमाडौ‌ं। राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको दायित्व भएको बताएकी छन्।

अपांगता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले दिवसले अपांगता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीको शुभकामनामा नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपांगमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने उल्लेख छ।

नेपालमा फरक क्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्नेमा राष्ट्रपतिको जोड छ।

प्रतिक्रिया दिनुहोस्