त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेल आज अपरान्ह ४ बजे हुनेछ।
नेपाली टीम विनादबाब खेलेर भारतलाई हराउनेमा नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट विश्वस्त छन्।
“श्रीलंकालाई हराएपछि हाम्रो रजत पदक पक्का भइसकेको छ, त्यसैले अब दबाब छैन। जिरो टोलरेन्समा खेल्छौं र स्वर्ण पदक जित्छौँ”, प्रशिक्षक भट्टले भने ।
समूह चरणको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। पहिलो सेटमा भने नेपाल २४–२६ प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो।
सेमिफाइनलमा श्रीलंकालाई हराएपछि टीमको मनोबल बढेको स्पकाइकर सरस्वती चौधरी बताउँछिन्।
“श्रीलंकासँग सोझो सेटमा जित्छौं भनेर सोचेका थिएनौं तर हामीले सोझो सेटमा जित्यौं”, सरस्वतीले भनिन्, “यसले हाम्रो मनोबल बढाएको छ। घरेलु दर्शकको साथ हुन्छ, त्यसैले फाइनलमा भारतमा हराउँदै उपाधि जित्छौं।”
१६ मंसीरमा सम्पन्न सेमिफाइनलमा श्रीलंकाले महिला र पुरुष दुबैमा काश्य पदक जितेको छ।
महिलातर्फ श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै पदक पक्का गरेको हो भने पुरुषतर्फ बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको हो।
आज पुरुषतर्फको फाइनलमा भने पाकिस्तान र भारतले प्रतिस्पर्धा गर्नेछन्।