भारतीय प्रहरीद्वारा धनगढीका एक व्यक्ति ब्राउन सुगरसहित पक्राउ
<p>कैलाली। कैलाली धनगढीका एक युवकलाई ब्राउन सुगरसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। </p>
<p>धनगढीसँगै सीमा जोडिएको गौरीफन्टामा भारतीय प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रमममा ६ दशमलव ८ ग्राम ब्राउन सुगरसहित धनगढी उप-महानगरपालिका-२ का दीपेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। </p>
<p>पक्राउ परेका सिंहलाई भारतमै लागू औषधको मुद्दा चलाइने बताइएको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्