बागलुङ जीप दुर्घटना अपडेट: १४ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं। बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार विहान करीब १० बजे जीप दुर्घटना भएको हो।

दुर्घटनामा परेर ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन।

३ जना घाइते छन्। उनीहरुलाई उद्धार गरेर उपचारका लागि बुर्तिवाङ लगिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। एकजना बेपत्ता छन्।

अहिले सुरक्षाकर्मी र स्थानीयले घटनास्थलमा उद्धार जारी राखेका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडकबाट ५ सय मिटर तल निसिखोलामा जीप खसेको छ।

कुलपुजा गर्न गुल्मीबाट रिजर्भ गरेर लगिएको ग.१ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो। कुलपुजाका लागि रिजर्भ गरिएको जीप भएकाले मृत्यु भएका सबै एकै परिवारका हुन सक्ने अनुमान गरिएको छ। जीपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्