अनलाइनबाट ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई हाल भक्तपुर कौशलटार बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक घर भएका २४ वर्षीय अमन अवाल छन्। उनीहरु दुवैजना विद्यार्थी हुन्।

उनीहरुले ह्वाट्स एपमा भारतीय मोबाइल नम्बरबाट म्यासेज गरेर आईफोन, ल्यापटप, मोबाइल, क्यामेरा, घडी, श्रृंगारका सामान सस्तो मुल्यमा पठाइदिने भन्दै आठलाख भन्दा बढी रकम ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महँगो सामानहरु सस्तो मुल्यमा दिने भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई खोजी गरिरहेको थियो।

प्रहरीले ती व्यक्तिबाट ठगिएका अरु कोही भए जानकारी गराउन अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्