दीपेन्द्रसिंहको अर्धशतक, नेपालद्वारा श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य

काठमाडौं। दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले आज १३औं दक्षिण एसियलाी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा श्रीलंकका चरिथ असलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो।

राम्रो शुरूआत गर्न नसके पनि दीपेन्द्रसिंहले आक्रमक ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर बनाउन सफल भयो। ४४ बलमा ४ चौका र ३ छक्का हानेका दीपेन्द्रसिंह ७२ अंकमा अविजित रहे। ओपनर पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे। पवन सर्राफले २२ रन बनाए।

श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिँदा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्