काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन्।
प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा भएपछि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक आह्वान गरेका हुन्।
उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायतको उपस्थिति हुनेछ। बैठक अपराह्न ४ बजे बस्दै छ।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन्।प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा भएपछि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक आह्वान गरेका हुन्।

">