अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना  <p>काठमाडौं। &nbsp;अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । कार्टरलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो ।&nbsp;</p> <p>अस्पतालका अनुसार ९५ वर्षीय कार्टरको स्वास्थ्य अवस्था सामान्य सुधारोन्मुख छ। उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।&nbsp;</p> <p>गत नोभेम्बरमा पनि&nbsp;कार्टरको मस्तिष्क श्राव भएपछि शल्यक्रिया गरिएको थियो । कार्टर अमेरिकाका ३९औं राष्ट्रपति हुन् । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्