काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गत नेपाल र भुटानबीच भइरहेको फुटबल प्रतियोगितामा नेपालले तीन गोल गरेर अग्रता लिएको छ।
खेल शुरू भएको ५ मिनेटमै गोल गरेका कप्तान सुजल श्रेष्ठले ५१औं मिनेटमा अग्रता दोब्बर बनाए।
पेनाल्टी क्षेत्रमा रहेका सुजलले दायाँ कर्नरबाट आएको क्रसलाई नियन्त्रणमा लिंदै पोष्टको दिशा दिएका थिए। भुटानका गोलकिपर अगाडी बढेको अवस्थामा सुजलले चिप गर्दै दोस्रो गोल थपे।
सुनिल बलको फ्रीकीकमा अनन्त तामाङ्ले हेडमार्फत मिलाइदिएको गोलमा ६ यार्ड बक्सभित्र रहेका अभिषेक रिजालले हेडमार्फत गोल गरे।
सागमा नेपालले गत संस्करण स्वर्ण पदक जितेको थियो।
भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।
नेपाल टीमः
बिकेश कुथु
मिक्चेन तामाङ
विकाश खवास
अनन्त तामाङ
अभिषेक रिजाल
सुनिल बल
नितिन थापा
बिक्रम लामा
तेज तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल