काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारका लागि नेपालीको सबभन्दा आकर्षक गन्तव्य बनेको मुलुक हो, दक्षिण कोरिया। दक्षिण कोरियामा अहिले करीब ४० हजार नेपाली कार्यरत छन्।

तर, कामका लागि दक्षिण कोरिया गएका नेपालीमध्ये पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने संख्या पनि बढ्दै गएको छ। पछिल्लोपटक ९ मंसीरमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको मृत्यु भएको हो।

८ मंसीरमा साथीहरूमाझ खुशीयाली साट्दै आफ्नो जन्मदिन मनाएका अमिन काम गर्दागर्दै रिँगटा लाग्यो भनेर अशक्त बनेका थिए। त्यसपछि अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको थियो ।

अमिन पाँच वर्षदेखि कोरियामा कार्यरत थिए ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार कोरियामा नेपालीका लागि रोजगार खुला भएदेखि अहिलेसम्म १०५ जना नेपालीको मृत्यु भएको छ। सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत् नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको छ।

सन् २०१८ मा कोरियाली भाषा परीक्षा उतीर्ण गरेर ८ हजार ५११ जना नेपाली कामदार कोरिया गएका थिए।

इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार मृत्यु हुनुका विभिन्न कारण छन्। धेरैजसो मृत्यु आत्महत्या, कार्यस्थलमा भएका दुर्घटना, सुतेकै अवस्थामा, सडक दुर्घटना लगायतका कारण भएको उनले बताए ।

कोरियामा मृत्यु भएकामध्ये २० जनाले आत्महत्या गरेका छन्। काम गर्दागर्दै कार्यस्थलमा १३ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा आठ जना,  सुतिरहेको अवस्थामा २५ जना र कारण नखुलेका ३४ जनाको मृत्यु भएको निर्देशक खनालले देखापढीलाई बताए।

“तोकिएको काम निरन्तर गर्नैपर्छ, मानसिक तनाव, कामको चाप र परिवार सँगै नहुँदा डिप्रेशनमा आएर आत्महत्या गरेको समेत भेटिएको छ“, खनालले भने। कामका लागि कोरिया जाने नेपाली कामदारलाई लक्षित गरेर मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिँदै आएको छ।

वैदेशीक रोजगार विभागले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर ‘रोष्टर’मा परेकाहरूलाई कोरियामा कामको प्रकृति, काम गर्दाका जोखिमहरूबारे श्रव्यदृष्यमार्फत् जानकारी गराउँदै आएको छ।

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ। खाडी मुलुकको तुलनामा तलब तथा सुरक्षासम्बन्धी आकर्षक सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ।

कोरियामा अहिले नेपाली कामदारले रोजगार कम्पनी अनुसार मासिक एक लाख ५० हजार रूपैयाँदेखि ओभरटाइमसमेत गरेर दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाउँदै आएका छन्। कामदार र रोजगारदाताबीच ४ वर्ष १० महीनाको कार्यसम्झौता हुन्छ।

कामदारहरूको कार्यस्थलको बीमा, घरफिर्ती बीमा लगायतमा रोजगारदाताले बीमा गरिदिएका हुन्छन्। तर, बीमा कम्पनीको ‘पोलिसी’को आधारमा जोखिम ‘कभर’ हुने भएकोले सबै मृत्युमा बीमा पाउने निश्चित नहुने इपीएस कोरिया शाखाले जनाएको छ।

" /> काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारका लागि नेपालीको सबभन्दा आकर्षक गन्तव्य बनेको मुलुक हो, दक्षिण कोरिया। दक्षिण कोरियामा अहिले करीब ४० हजार नेपाली कार्यरत छन्।

"> वैदेशिक रोजगारको कहरः कोरियामा १०५ नेपालीको मृत्यु (भिडिओसहित): Dekhapadhi
वैदेशिक रोजगारको कहरः कोरियामा १०५ नेपालीको मृत्यु (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्