काठमाडौं। भारतले पाकिस्तानलाई ३-१ को सेटमा हराउँदै आज १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा पहिलो सेट पाकिस्तानले जिते पनि भारतले उत्कृष्ट पूनरागमन गर्दै स्वर्ण पदक जितेको हो।
पाकिस्तानले पहिलो सेट २५-२० ले जितेको थियो। तर, पाकिस्तानले पहिलो सेटको लयलाई बाँकी सेटमा निरन्तरता दिन सकेन।
भारतले लगातार तीन सेट जित्दै स्वर्ण पदक जित्यो। भारत गत संस्करणको पनि स्वर्ण पदक विजेता टोली हो।
भारतले बाँकी सेट २५–१५, २५–१७ र २९–२७ जितेको थियो। पुरुष भलिबलमा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो।
नेपालको महिला भलिबलको आजै फाइनलमा भारतविरुद्द खेल्दैछ ।
" /> काठमाडौं। भारतले पाकिस्तानलाई ३-१ को सेटमा हराउँदै आज १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा पहिलो सेट पाकिस्तानले जिते पनि भारतले उत्कृष्ट पूनरागमन गर्दै स्वर्ण पदक जितेको हो।

">