काठमाडौं। मिक्छेन तामाङले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेको दिन आज नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा विजयी शुरूआत गरेको छ। मिक्छेनसँगै कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजालले एक गरेपछि नेपालले भुटानमाथि ४-० को सहज जित निकालेको हो।
एक महिनाअघि म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका मिक्छेनले आज पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
कप्तान सुजलले पाँच मिनेट नबित्दै नेपाललाई अग्रता दिएका थिए। पहिलो हाफमा १-० को अग्रता दिएका सुजलले ५१औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाए।
पेनाल्टी क्षेत्रमा रहेका सुजलले दायाँ कर्नरबाट आएको क्रसलाई नियन्त्रणमा लिंदै पोष्टको दिशा दिएका थिए। सुजलले दोस्रोपटक भुटानका गोलकिपर अगाडी बढेको अवस्थामा चिप गर्दै दोस्रो गोल थपे।
अभिषेकले ६५औं मिनेटमा तेस्रो गोल थपे। सुनिल बलको फ्रिकिकमा अनन्त तामाङले हेडमार्फत् मिलाइदिएको गोलमा ६ यार्ड बक्स भित्र रहेका अभिषेक रिजालले हेडमार्फत पोस्टको दिशा दिए। खेल सकिन १२ मिनेट बाँकी रहँदा मिक्छेनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै नेपाललाई ४-० को जित दिलाए।
सागमा नेपालले गत संस्करण स्वर्ण पदक जितेको थियो।
भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले हराउँदै प्रतियोगितामा विजयी शुरूआत गरेको थियो।
" /> काठमाडौं। मिक्छेन तामाङले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेको दिन आज नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा विजयी शुरूआत गरेको छ। मिक्छेनसँगै कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजालले एक गरेपछि नेपालले भुटानमाथि ४-० को सहज जित निकालेको हो।एक महिनाअघि म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका मिक्छेनले आज पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

">