काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गरी मानवअधिकारको संरक्षण र परिपालन गर्न सरोकारवाला सबै पक्षहरुसँग आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोगले आज विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकारका प्रश्नमा अझै समस्या रहिरहेको भन्दै संघीय, प्रदेश तथा स्थानीय तहका सरकार लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।
विश्वभर हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउने गरिन्छ । आयोगले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र सम्बर्द्धनको विषयमा निरन्तर काम गर्दै आइरहेको छ । २०७५ सालमा सातै प्रदेश तथा केन्द्रमा यस विषयमा गोष्ठी, अन्तर्क्रिया र सम्मेलन समेत गरी तीनै तहका सरकार, अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित संघ-संस्था र आम सञ्चारमाध्यमलाई विभिन्न सिफारिश गरेको आयोगले जनाएको छ ।
“नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको सन् २०१० मा पक्ष राष्ट्र भइसकेको हुँदा ती महासन्धिका प्रावधान अनुशरण गर्ने कर्तव्यबाट हामी विमुख हुन सक्दैनौं,” आयोगले विज्ञप्तिमा भनेको छ ।
आयोगले अनुसन्धान, अनुगमन, अध्ययन, सम्मेलन लगायतका कार्य गरी प्राप्त तथ्यका आधारमा नेपाल सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचनाहरु अपाङ्ग मैत्री हुने गरी निर्माण गर्न निर्देशन दिइसकेको छ ।
“अपाङ्गता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्यांक संकलन गरी सोही अनुरुपको नीति, कार्यक्रम तथा वजेटको व्यवस्था गर्न पनि पटक–पटक ध्यानाकर्षण गरिएको छ,” आयोगले भनेको छ, “अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशिताको सिद्धान्त अनुरुप अर्थपूर्ण र सार्थक सहभागिताको वातावरण बनाउन र अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुर्याअउने कुनै शब्द प्रयोग नगर्न सिफारिश गरेको तर्फ पुनःध्यानाकर्षण गराउछौं।”
शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुको संरक्षण र सम्बर्द्धन गर्न समेत नेपाल सरकार तथा सबै सरोकारवाला निकायहरुलाई आयोगले यस अघि नै सिफारिश गरिसकेको छ ।

शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुको संरक्षण र सम्बर्द्धन गर्न समेत नेपाल सरकार तथा सबै सरोकारवाला निकायहरुलाई आयोगले यस अघि नै सिफारिश गरिसकेको छ ।">
अपाङ्गमैत्री वातावरण निर्माण गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह : Dekhapadhi
अपाङ्गमैत्री वातावरण निर्माण गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह