काठमाडौं। अघिल्लो दिन सात स्वर्ण पदक जितेको नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा आज थप २ स्वर्ण पदक जितेको छ।
आज वीरबहादुर महरा र काजल श्रेष्ठले दुई स्वर्ण थपेका हुन्। पुरुष ६८ केजीमुनी गेरुगीतर्फ बीरबहादुरले स्वर्ण पदक जिते।
बीरबहादुरले पाकिस्तानका मोहम्मद फाहिमलाई पराजित गरेका हुन्।
काजल श्रेष्ठले महिला ४६ केजीको गेरुगीमा पाकिस्तानकै सायद जादीलाई पराजित गरेकी हुन्।
यससँगै तेक्वान्दोमा नेपालले नाै स्वर्ण पदक जितेको छ।
तेक्वान्दोमा यसपटक २९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। नेपालमा सम्पन्न १९९९ को संस्करणमा नेपालले तेक्वान्दोमा १६ स्वर्ण पदक जितेको थियो।
" /> काठमाडौं। अघिल्लो दिन सात स्वर्ण पदक जितेको नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा आज थप २ स्वर्ण पदक जितेको छ।

">