काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा आजदेखि औपचारिक रूपमा शुरू भएको गल्फमा नेपालका शुक्रबहादुर राईले अग्रता लिएका छन्।
गोकर्ण फरेस्ट रिसोर्टको कोर्समा ४ अन्डर ६८ खेल्दै शुक्रबहादुरले पुरुष गल्फमा अग्रता लिएका हुन्। नेपालकै टंकबहादुर कार्की ३ अन्डर ६९ स्कोरका साथ दोस्रो स्थानमा रहँदा २ अन्डर ७० खेलेका बंगलादेशका मोहम्मद सोमराट तेस्रो स्थानमा छन्।
नेपालका सुवास तामाङ र श्रीलंकका एन रंगा समान १ अन्डर ७१ स्कोरका साथ संयुक्त रूपमा चौथो स्थानमा छन्। यसैगरी श्रीलंकाका एमयु चन्द्र परेरा र नेपालका निरज तामाङले इभन पार ७२ स्कोर गरे।
महिलातर्फ भने श्रीलंकाकी ग्रेस यातावारा ३ अन्डर ६९ स्कोरका साथ अग्रस्थानमा रहँदा श्रीलंकाकै थुहास्हिनी सेल्भाथानाम ८ ओभर ८० स्कोरसहित दोस्रो स्थानमा छिन्। नेपालकी करिश्मा शाहले ११ ओभर ८३ खेल्दा बंगलादेशकी सोन्या अख्तरले १२ ओभर ८४ तथा श्रीलंकाकी तिनिया मिनालले १३ ओभर ८५ खेले।
टीम स्पर्धातर्फ नेपाली टोलीले ८ अन्डर २ सय ८ स्कोरका साथ ११ स्ट्रोकको अग्रता लिएको छ। श्रीलंकाली टोली २ सय १९ स्कोरसहित दोस्रो स्थानमा छ। टीमम इभेन्ट्समा चार खेलाडीमध्ये उत्कृष्ट तीन खेलाडीको स्कोर गणना गरिन्छ।
महिला टीमतर्फ श्रीलंकाले ५ ओभर १ सय ४९ स्कोरसहित अग्रता लिँदा नेपाल र बंगलादेश समान २७ ओभर १ सय ७१ स्कोरका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन्।
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा आजदेखि औपचारिक रूपमा शुरू भएको गल्फमा नेपालका शुक्रबहादुर राईले अग्रता लिएका छन्।गोकर्ण फरेस्ट रिसोर्टको कोर्समा ४ अन्डर ६८ खेल्दै शुक्रबहादुरले पुरुष गल्फमा अग्रता लिएका हुन्। नेपालकै टंकबहादुर कार्की ३ अन्डर ६९ स्कोरका साथ दोस्रो स्थानमा रहँदा २ अन्डर ७० खेलेका बंगलादेशका मोहम्मद सोमराट तेस्रो स्थानमा छन्।

">