सर्वोच्च अदालतका नासुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
<p>काठमाडौं।सर्वोच्च अदालत काठमाडौंका नायव सुब्बा सुधिरकुमार खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।</p>
<p>अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज नासु खड्काविरुद्ध विशेष अदालतमा दुई लाख पचास हजार रूपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो। भ्रष्टाचार मुद्दामा विशेष अदालतले पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेका देबजंग शाहीलाई विशेषकाे आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि धरौटीमा छुटाइदिने भनी खड्काले घुस मागेका थिए।</p>
<p>नासु खड्काले घुस मागेको विषयमा अनुसन्धान गरेपछि आयोगले उनलने दीय आचरण विपरितको कार्य गरी मुद्दा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारेको अख्तियारले जनाएको छ।</p>
<p>खड्काले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले उनलाई दुई लाख पचास हजार रूपैयाँ कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्