बडिगाड दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा आज भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज ट्विट गरी शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।

राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गरेकी छन्।

पढ्नुहाेस्

जीप दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत, घाइतेलाई उपचारार्थ हेलिकप्टरबाट काठमाडौं ल्याईयो

बागलुङ जीप दुर्घटना अपडेट: १४ जनाको मृत्यु, ३ जना घाइते

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्