विभिन्न अध्ययनहरुले देखाए अनुसार पाँच बर्ष भन्दा माथिका बालबालिकामध्ये १५ देखि २५ प्रतिशतमा ‘नक्चुुरनल एन्युरेसिस’को समस्या देखिएको छ । त्यसमा पनि अझ महत्वपूर्ण तथ्य के हो भने बालिकाको तुलनामा बालकमा यो समस्या दुइ गुणा बढी छ ।
किन हुन्छ यस्तो ?
बंशाणुगत (जेनेटिक) कारणः ओछ्यानमा राति पिसाब फेर्नुको कारणमध्ये बंशाणुगत कारण पहिलो नम्बरमा आउँछ । आमा वा बुबामा बाल्यकालमा यो समस्या भएमा उनीहरुका बालबच्चामा पनि यो समस्या देखिने सम्भावना ५० देखि ७७ प्रतिशतसम्म हुन्छ ।
मनोवैज्ञानिक (साइकोलोजिकल) कारणः शौचालय शिक्षा (दिसा पिसाब गर्ने बानीबारे बालबालिकालाई शिक्षित गर्ने) समय भन्दा पहिले शुरु गर्नु, यसबारे कडा नियमहरु लगाउनु, घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु, नयाँ घर सर्नु, धेरै माया गर्नु, धेरै हेला र घृणा गर्नु लगायतका कारणले पनि यो समस्या पैदा हुन सक्छ ।
सुत्दाका समस्याः मानसिक रुपमा पर्याप्त र उचित विकास नभएका कारण पनि कतिपय बालबालिका गहिरो निद्रामा सुत्न सक्दैनन् । त्यसले पनि यस्तो समस्या देखा पर्ने गर्छ ।
पिसाब थैलीको समस्याः पिसाब जम्मा हुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ ।
पिसाबको संक्रमण, परजिबीहरुको संक्रमण, स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याहरु, स्वासप्रश्वासमा अवरोध लगायतका कारणले पनि यो समस्या देखा पर्छ ।
खानपिनः राति धेरै खाना खाने तथा पानी पिउने बच्चाहरुमा पनि यो समस्या देखिन्छ ।
उपचार के गर्ने ?
यसको उपचारमा गर्नुपर्ने सबभन्दा महत्वपूर्ण कुरा भनेको बालबालिकामा डर र लाजको अनुभूतिलाई कम गराउने हो । परिवार तथा नजिकका आफन्तले बालबालिकासँग आफ्ना अनुभव सुनाउने, उनीहरुलाई ढाडस दिने र आत्मबल बढाइदिने लगायतका काम गर्नुपर्ने हुन्छ ।
बानिजन्य उत्प्रेरणा (बिहेबियरल मोटिभेसन): बालबालिकालाई जहिले पनि सकारात्मक प्रतिकृया दिनुपर्छ । राति सुत्नुअघि र सुतेको दुइ घण्टापछि उनीहरुलाई पिसाब फेर्न लैजानुपर्छ । बिहान स्कुल जानुअघि, स्कुलमा र स्कुलबाट फर्केपछि पनि पिसाब फेर्न लगाउनुपर्छ । साँझको खाना खाँदा र खानापछि पानी कम पिउन दिनुपर्छ । चिया, कफी र क्याफिनयुक्त खानेकुरा तथा बढी नुन र चिनी भएका खानेकुरा दिनु हुँदैन ।
कब्जियतको समस्या छ भने त्यसको बेलैमा उपचार गर्नुपर्छ । धेरै समय टिभी र कम्प्युटरमा बसेर खेल्न दिनु हुँदैन । पिसाब गर्दा बालबालिकाको गोडाले भुइँ छोएको हुनुपर्छ ।
राति पिसाब फेर्न जाँदा सजिलो बनाइदिनका लागि बत्ति, चप्पल लगायतका ब्यवस्था गरिदिनुपर्छ ।
घरमा पारिवारिक कलह नगर्नेः बालबालिकाको अगाडि ठूलो स्वरमा बोल्नु हुँदैन । पिसाब फेरेकै कारण बच्चालाई दोष लगाउनु हुँदैन । बच्चालाई सजाय दिनु हुँदैन । त्यसो गर्दा उसको समस्या थप बिग्रेर जान सक्छ । टिभीको भोल्युम कम गरेर टीभी हेर्नुपर्छ ।
राति पिसाब गरेमा पानी परेको फोटो वा स्टिकर भित्तामा टाँसिदिने र पिसाब नफेरेमा घमाइलो दिन वा स्माइलिङ फेसको स्टिकर हरेक दिन टाँसिदिनुपर्छ । पिसाब फेरेको ओछ्यानलाई सरसफाइ गर्न बच्चालाई पनि सहभागी गराउँदा उसलाई राम्रो अनुभुति हुन्छ ।
अलार्म उपचारः पिसाब फेर्नु भन्दा पहिले अलार्म बजाउने बिधिबाट पनि उपचार गर्न सकिन्छ ।
अन्य विधिः पिसाबलाई नियन्त्रण गर्ने बिभिन्न अभ्यासहरुबाट पनि उपचार गराउन सकिन्छ ।
यी विधिहरु अपनाउँदा बालबालिकामा यो रोगको निदान हुने सम्भावना ७० प्रतिशत भन्दा बढी हुन्छ । यदि यी विधि अपनाउँदा पनि समाधान नभएमा उपचारका लागि बालरोग बिशेषज्ञसँग सल्लाह लिनुपर्छ ।
बालबालिकाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन । यो साधारण समस्या हो । परिवार, समाज र आवश्यक परे डाक्टरसमेत मिलेर यसलाई समाधान गर्न सकिन्छ ।
अधिकारी हेल्थ कम्युनिकेसन, हेल्थ रिसर्च तथा अस्पताल व्यवस्थापनमा कार्यरत छन्।
" />विभिन्न अध्ययनहरुले देखाए अनुसार पाँच बर्ष भन्दा माथिका बालबालिकामध्ये १५ देखि २५ प्रतिशतमा ‘नक्चुुरनल एन्युरेसिस’को समस्या देखिएको छ । त्यसमा पनि अझ महत्वपूर्ण तथ्य के हो भने बालिकाको तुलनामा बालकमा यो समस्या दुइ गुणा बढी छ ।

">