मलेसिया रोजगार खुलेपछि पहिलोपटक ३१ हजार नेपालीको माग

काठमाडौं। कामदार पठाउने प्रक्रिया बन्द भएको करीब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ।

मलेसियास्थित नेपाली दूतावासमा माग पत्र प्रमााणित भइ विभिन्न पाँचवटा क्षेत्रका लागि ३१ हजार २०१ नेपालीको माग आएको हो।

नेपाल र मलेसिया सरकारबीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि ३१ हजारभन्दा बढीको माग आएको हो।

मलेसियास्थित नेपाली दूतावासले १७ मंसीरमा पाँचवटा क्षेत्रका लागि आएका ३१ हजार २०१ युवाका लागि मागपत्र प्रमाणित गरिएको जनाएको छ।

प्रमाणित भएका मागपत्रमध्ये औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेवा क्षेत्र(सेक्युरिटी गार्डसहित) का क्षेत्रमा १० हजार १८३, कृषि क्षेत्रका लागि एक हजार ४७५, प्लान्टेसनमा एक हजार ३९७ र निर्माण क्षेत्रमा एक हजार ३० श्रमिकका लागि माग आएको आजको कारोबार दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्