प्रदेश १ का सबै स्थानीय तह सडक सञ्‍जालले जोडिदै
विराटनगर। प्रदेश १ सरकारले सडक सञ्जालको गुरुयोजना तयार पारेको छ।

स्वीस विकास नियोगको सहयोगमा १० वर्षे प्रादेशिक सडक सञ्जाल तयार पारेपछि मुख्यमन्त्री शेरधन राईले प्रदेश १ ले अब ठोस योजनासहित काम थाल्ने बताएका छन्।

संघीयताको अभ्यासको क्रममा सबैभन्दा पहिलोपटक गुरुयोजना तयार पारेको दाबी गर्दै प्रदेश सरकारले सबै स्थानीय तहका केन्द्रलाई स्तरीय सडकले जोड्ने लक्ष्य राखेको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

प्रदेश १ मा १३७ वटा स्थानीय तह छन्।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा सरकारले प्रदेशका सडकलाई तीन प्रकारले वर्गीकरण गरेको छ।

जसअनुसार पहिलो र दोस्रो पाँचवर्षे अवधिमा प्रादेशिक लोकमार्ग एक हजार ७१७ किलोमिटर लामो बन्नेछ भने सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किलोमिटरको हुनेछ।

सडक सञ्जालको यो काम पुरा गर्न कूल दुई खर्ब चार अर्ब रूपैयाँ लाग्नेछ।

त्यसमा प्रदेश सरकारले एक खर्ब चार अर्ब रूपैयाँ लगानी गर्नेछ भने अपुग १९ अर्ब रूपैयाँ विकास साझेदारहरूसँग सहकार्य गरेर जुटाइनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्