नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

४ मंसीरको सचिवालय बैठकबाट नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले आज सचिवालय बैठक बोलाएका हुन्।

सचिवालय बैठक नेकपा केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि बस्ने महासचिव विष्णु पौडेलले देखापढीलाई बताए।

“अहिले नै अजेण्डा त तय भइहालेको छैन, समसामयिक विषयमा छलफल गर्न नियमित बैठक बोलाइएको हो”, पौडेलले भने।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सीमा विवाद समाधानमा भइरहेका प्रयास, भर्खरै सकिएको उपनिर्वाचनको समीक्षालगायतका विषयले प्रवेश पाउनसक्ने सम्भावना रहेको बताए।

नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रियापश्चात त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् छन्।

४ मंसीरको सचिवालय बैठकले दाहाललाई कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी र अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्