बागलुङ जीप दुर्घटनाको शोकमा ईस्मा गाउँपालिकामा विदा

काठमाडौं। बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा १७ मंसीरमा भएको जीप दुर्घटनामा मृत्यु भएकाको शोकमा गुल्मीको ईस्मा गाउँपालिकामा आज सार्वजनिक विदा गरिएको छ।

कुलपूजा गर्न गएका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा मृत्यु भएको थियो।

आज एक दिन गाउँपालिकाभरका सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायतमा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिका प्रमुख लक्ष्मणबहादुर विष्टले देखापढीलाई बताए।

उनले मृतकका परिवारलाई राहतका लागि पनि गाउँपालिकाले सहयोग गर्नेबारे छलफल भइरहेको बताए।

गुल्मीको ईस्मा गाउँपालिकाबाट कुलपुजाका लागि बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग.१ज ५२१९ नम्बरको जीप सडकबाट ५ सयमिटर तल खोलामा खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको थियो। ३ जना घाइते छन्।

प्रतिक्रिया दिनुहोस्