पिकअप दुर्घटनामा बर्दिवासमा दुई जनाको मृत्यु, १४ यात्रु घाइते

काठमाडौं। बाराको गढीमाई मेलामा पुगेर फर्कदै गरेको पिकअप महोत्तरीको बर्दिवास नगरपालिका–५ को गढन्ता पुल नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने अन्दाजी ७० वर्षीया वर्तनियादेवी साह रहेको महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले देखापढीलाई बताए।

ना २ च ८८५५ नम्बरको पिकअप अनियन्त्रित भइ सडकबाट तल झरेर आज बिहान ४ बजे दुर्घटना भएको हो।

घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्