उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई नेकपाको निर्देशन

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केही दिनअघि भएको उपनिर्वाचनको समीक्षा गर्न कमिटीहरुलाई निर्देशन दिएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भर्खर सकिएको नेकपा सचिवालय बैठकले १४ मंसीरमा भएको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह उपनिर्वाचनबारे सम्बन्धित कमिटीलाई २२ मंसीरभित्र समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताए।

बैठकले २३ मंसीरमा पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ।

"अर्को बैठकमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेसम्मको छलफल हुन सक्नेछ त्योबाहेक तल्ला कमिटीबाट आएका चुनावी प्रतिवेदनको समीक्षा हुनेछ", प्रवक्ता श्रेष्ठले भने।

आजको सचिवालय बैठकले नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ।

४ मंसीरको सचिवालय बैठकबाट नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपश्चात दाहालले पहिलोपटक आज सचिवालय बैठक डाकेका हुन्।

बैठकको अध्यक्षता नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।

४ मंसीरको सचिवालय बैठकले दाहाललाई कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी र अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्