काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जनकपुरमा कुस्ती प्रतियोगता आयोजना हुँदैछ। २० मंसीरदेखि २३ मंसीरसम्म जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापन कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडी जनकपुरधाम पुगिसकेका छन्। खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी प्रतिस्पर्धा गर्दैछन्। खेलमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ ।
साग अन्तर्गत पहिलोपटक जनकपुरमा हुन लागेको कुस्ती खेल आयोजना हुने जनकपुरको कबर्ड हल ३६ वर्षपछि मर्मत गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित कवर्ड हल-२०४० मा निर्माण भएयता मर्मत हुन सकेको थिएन।
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जनकपुरमा कुस्ती प्रतियोगता आयोजना हुँदैछ। २० मंसीरदेखि २३ मंसीरसम्म जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापन कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

">