अछाममा महिनावारी बार्न छाउगोठमा बसेकी महिलाको मृत्यु

" /> अछाममा महिनावारी बार्न छाउगोठमा बसेकी महिलाको मृत्यु

"> मृत्यु पासो बन्दै छाउगोठः १० वर्षमा अछाम र बाजुरामा १७ जनाको मृत्यु : Dekhapadhi
मृत्यु पासो बन्दै छाउगोठः १० वर्षमा अछाम र बाजुरामा १७ जनाको मृत्यु
बाजुरा। मुलुकको प्रचलित कानूनले महिनावारीको समयमा छाउगोठमा बसाउनुलाई गैरकानुनी मान्छ। तर अछाम र बाजुरामा भने महिनाबारीका समयमा महिला र किशोरीलाई अझै पनि छाउगोठमा बसाइन्छ । त्यहाँका छाउगोठ उनीहरुका लागि लागि मृत्युपासो बनेका छन् ।

पछिल्लो १० वर्षमा अछाममा १४ महिला र बाजुरामा १ महिलासहित ३ जनाको छाउगोठमा मृत्यु भइसकेको छ। महिनावारी हुँदा घरमा बस्न बन्देज लगाउने कु–प्रथाका कारण महिलाहरुले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका छन्। छाउगोठमा मृत्यु भएका घटनामध्ये अघिकांश निसास्सिएर, सर्पको टोकाई र आगलागीका कारण भएका छन्।

अछाम साँफेबगरकी २१ वर्षीया पार्वती बुढा रावतको १६ मंसीरमा छाउगोठमा मृत्यु भयो। तुर्माखाद गाउँपालिका अछामकी पार्वती बुढा, गौरी बुढा, रोशनी तिरुवा, डम्मरा उपाध्याय, शर्मिला भुसाल र लक्ष्मी बुढाले पनि छाउगोठमा जीवन गुमाए । त्यस्तै अछाममा झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती धामी, हंशा जैसी र हंशादेवी जोसीको पनि छाउगोठमा नै मृत्यु भयो ।

बाजुरामा ३५ वर्षीया अम्बा बोहोरा र उनका दुई छोरा सुरेश र रमितको पनि गतवर्ष छाउगोठमै निसास्सएर मृत्यु भयो । छाउपडी प्रथा हटाउन कयौं प्रयासहरु भइरहेका छन्। सरकारी र गैह्रसरकारी निकायबाट छाउप्रथाविरुद्ध थुप्रै कार्यक्रमहरु संचालन गरिएका छन्। तर ती प्रयासबाट यथोचित परिणाम भने निस्किएको छैन।

दलित अधिकारकर्मी गोरख सार्की छाउप्रथाविरुद्ध संचालित गतिविधि र कार्यक्रमको प्रभावकारिताबारे अहिलेसम्म मूल्यांकन हुन नसकेको बताउँछन् । जब छाउगोठमा कुनै महिलाको मृत्यु हुन्छ, तब होटलमा छलफल कार्यक्रम आयोजना गरिन्छ । विभिन्न गोष्ठी र तालिम संचालन गरेर प्रतिवेदन पनि तयार पारिन्छ । महिला अधिकारकमर्मी रुक्मदी शाह छाउगोठमा मृत्यु भएकाको संख्या संचारमाध्यममा आएकोभन्दा बढी हुनसक्ने बताउँछिन्।

महिनावारी भएका महिला र किशोरीलाई छाउगोठ बस्न बाध्य पारिनु कानूनतः दण्डनीय काम हो। महिलालाई छाउगोठमा बस्न बाध्य पार्नेलाई कानुनले ३ महिना जेल सजाय र जरिवानाको व्यवस्था गरेको छ। सर्वोच्च अदालतले सन् २००६ मै छाउपडी गैरकानूनी भएको फैसला गरेको थियो।

पढ्नुहोस्

अछाममा महिनावारी बार्न छाउगोठमा बसेकी महिलाको मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्