प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकको परामर्शमा निर्णय लिइने : सचिवालय बैठक <p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।&nbsp;</p> <p>पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको मिर्गौला डाइलासिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।&nbsp;</p> <p>&ldquo;महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ&rdquo;, उनले भने, &ldquo;मिर्गौलाको आवश्यकता अनुसार डाइलासिसको प्रक्रिया पनि जारी रहेको छ। यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।&rdquo;&nbsp;</p> <p>सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसीर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्