जनकपुरधाम। मिथिलामा डाकका मौसमसम्बन्धी विचार र भविष्यवाणी आज पनि वर्तमान हुने गरेको देखिएको छ। मैथिली साहित्यमा कविकोकिल विद्यापतिजस्तै कृषि क्षेत्रका डाक भविष्यद्रष्टा थिए। उनको नाम नै डाक रहेको तथा उनका वचनलाई विशेष गरी कृषक रामवाण मान्दछन् र अझै पनि उनकै वचनमा खेतीपाती गर्नै चलन छ।

परिवेश, जीवन तथा समाजप्रति सचेत डाकका वचनमा हितसाधना, कल्याण कामना, मानवीय सुखको वृद्धि, मानवसमाजको परस्परको मेलमिलाप र सहनुभूतिको चेत विकासका सन्देश अधिक रहेको पाइन्छ।

डाकका वचन यस पृष्ठभूमिमा सूर्यको प्रकाशजस्तो बौद्धिक प्रकाश मानिएको छ। यसले जनभाषामा भविष्यवाणीको रूप लिएको देखिन्छ। उनको वचन परिवेश, जीवन तथा समाजप्रति सचेत र प्रतिनिधि छ। समाजको सापेक्षतामा नै उनको वचन पारख गर्नसक्ने तथ्य प्राध्यापक डा. पशुपतिनाथ झा औँल्याउँछन्।

उनका अनुसार डाकले उखानका माध्यमबाट ज्ञान र समझदारी अभिवृद्धि गर्ने ध्येयले मैथिली भाषाको विशाल सागर, त्यसमा समस्या र समाधानका अनन्त लहरलाई सूत्ररूपमा आदानप्रदान गरेका छन्। 

डाकका वचन मौखिक र परम्परागत रूपमा रहेकाले उनको समयसन्दर्भमा अध्येताबीच मतभेद छ। तापनि समाजमा प्रमाणिक र स्वीकार्य रहेको छ। अध्येताले चौरासी सिद्धहरूकै श्रेणीमा उनलाई राखेका छन्। मैथिली भाषाका प्रथम ग्रन्थ ‘वर्ण रत्नाकर’मा ज्योतिश्वर ठाकुरले १३ औँ शताब्दीमा चौरासी सिद्धहरूको सूचीमा डाकलाई चर्चा गर्दै डाकका वचनलाई अत्यन्त प्राचीन भनी उल्लेख गरेको पाइन्छ।

त्यस्तै, महाकवि विद्यापतिका छोरा हरपति ठाकुरले डाकको नाउँ १४ औँ शताब्दीमा चर्चा गरेका छन्। डाकको वचन आसाम, बङ्गाल र उडिसातिर पनि प्रचलित रहेको पाइन्छ। भाषा छैटौँ शताब्दीको अपभ्रंशसँग मिल्ने गरेको भनी कतिपय अध्येताले डाकको जन्म आसामको कामरूप जिल्लामा भएको अनुमान गरेका छन्। अन्य अधिकांशले डाक वचनको भाषा मैथिली रहेका कारण डाकलाई मैथिल भएको प्रमाण अघि सारेका छन्।

डाकका एक लाखभन्दा बढी रचनाको सङ्कलन बीसौँ शताब्दीका अध्येताहरूले गरेको पाइन्छ। डाकका जीवनोपयोगी उखान समाजमा प्रचलित र मान्यता प्राप्त भए पनि त्यस बेलाका विद्वानहरूले संलग्न नगरेका कारण डाकको जन्म, जातिका बारेमा पनि मतभेद देखिएको छ।

डाकका ज्योतिषसम्बन्धी वचनलाई ध्यानमा राख्दै उनीलाई ब्राह्मण मान्ने पनि छन्। तर स्वयं डाकका वचनमा उल्लेख परिचयले ग्वाला, यादव मान्नेको सङ्ख्या पनि अधिक देखिन्छ। जन्म र जातको मतमा भिन्नता देखिए पनि मिथिलावासी डाकका वचनलाई जीवनसूत्र मानेको देखिन्छ। कुनै कार्यको थालनी गर्नुपूर्व ग्रामीण क्षेत्रमा अहिले पनि डाकका वचनको निर्देशनलाई पालन गर्ने चलन विद्यमान छ। अतः कुन परिस्थितिमा कार्य गर्ने र कुन परिस्थितिको के परिणाम हुनसक्छ भन्ने सन्दर्भमा डाक वचन अहिले पनि मैथिल समाजले सान्दर्भिक मान्दछ —

सुन्दर शिशुयुत युवती नारी
भरल कुम्भयुत हो पनिहारी
दधी कोकिल पुनि लावामीन
ई सब थिक नही यात्रा हीन

अर्थात् यात्राका बेला सुन्दर शिशुसँग स्त्री, पानीले भरिएको गाग्री बोकेकी महिला, कोयली, ताजा माछा र बाछा–बाछीलाई दूध खुवाउँदै गाईको दर्शनले यात्रा शुभ हुन्छ।

मंगलक उषा बुधक प्रात
यात्रा करी डाकक बात

मङ्गलबार र बुधबारका दिन बिहानका समयमा यात्राका लागि शुभ हुन्छ।

सोमेर-शुक्रेर बुधेर उषा
छोड़ह पण्डित लेखाजोखा

सोमबार, बुधबार र शुक्रबारका दिन बिहानै यात्रा गर्ने हो भने ज्योतिषसँग लेखाजोखा गराउने प्रयोजन हुँदैन।

शनि मङ्गल भोजन कय चली देव
गेलो लक्ष्मी पलटी कय लेब

शनिबार र मङ्गलबार खाना खाएर यात्रा गरेमा गुमेको धन पनि प्राप्त हुन्छ।

भदवा के नही जाति, ने पाति
दक्षिण उत्तर दुपहर राति

भदवाको कुनै जातिपाती नहुने भएकाले भदवाका बेला उत्तर र दक्षिणतर्फ बेलुका र राति यात्रा गर्नु हुँदैन।

कुज दुज दशमी बुध ओ हस्ता
उत्तर गमने मरण अवस्था
कहही डाक गमनो नहि करी
नासे प्राण कोटी विधि परी

उत्तर दिशामा गमन सन्दर्भमा मङ्गल, बुध, द्वितीया, दशमी र हथिया उपयुक्त हुँदैनन्, डाकका मतमा यस्तो अवस्थामा गमन गरेमा मृत्यु हुन सक्छ।

शनि कहय मोही आदी भावय
सकल कार्य जीति घर आवय
ने गुनी भदवा नै दिगशूल
कहथी डाक अमृत समतूल

शनिबार अदुवा खाएर यात्रा गरेमा विजय प्राप्त गरी घर फर्किनेछ। डाकका अनुसार यस्तोमा भदवा र दिगशूल लाग्दैन, यो वाक्य अमृत सदृश रहेको छ।

क्यो पुछय जे जायब कतय
भेलो काज विनाशय ततय

यात्राका बेला कसैले कहाँ जाँदै हुनुहुन्छ भनी सोधेमा कार्यमा विघ्न उत्पन्न हुन्छ।

रवि कय पान, सोम कय दर्पण
मंगल कय किछु धनियाँ चर्वण
बुधही गूड़ वृहस्पति राइ
शुक्र कहय मोहि दही सोसाइ

आइतबार पान खाएर, सोमबार ऐना हेरेर, मङ्गलबार धनियाँ खाएर, बुधबार सखर, बिहीबार राई र शुक्रबार दही खाएर यात्रा गरेमा दिगशुल लाग्दैन।

उत्तर छीकय मान समान
सर्वसिद्धि लय कोन इसान
पूरब छिक्का मृत्यु हकार
अग्नि कोनमे दुःखक भार

उत्तर दिशामा छिँक्का गर्दा मानसम्मान, ईशान कुनामा सर्वसिद्धि, पूर्वमा मृत्यु र अग्नि कुनामा दुःखमा वृद्धि हुनेछ।

आकाशक छिक्के जे नर जाय
पलटि अन्न मन्दिर नहि खाय
सबके छिक्का कहि गेल डाक
अप्पन छिक्के नहि करू काज

यात्राका बेला माथितर्फ छिँक्का गरेमा घर फर्किने सम्भावना क्षीण हुने भएकाले डाकको मतमा अरूको छिँक्कामा विचार नगरे पनि आफ्नो छिँक्कामा यात्रा गर्नु हुँदैन।

बुध हो राजा, मन्त्री कान
अन्नक सुखसँ चलब उतान

जुन वर्षमा बुध राजा र शुक्र मन्त्री हुन्छ, त्यो वर्ष अन्न उत्पादन धेरै हुन्छ।

शानि हो राजा, मङ्गल मन्त्रीक
धान ने हो, नही होबे यन्त्री

जुन वर्षमा राजा शनि र मन्त्री मङ्गल हुन्छ, त्यो वर्ष धान र जौको उत्पादन हुँदैन।

एक राशि छओ गरहक योग
ताहि वर्ष बहु पीडा रोग
कहय डाक ई गोलक योग
युद्धक कारण इन्द्रहुकाँ झोल

जुन वर्षमा एउटै राशिमा छवटा ग्रहको आगमन हुन्छ, त्यो वर्ष झगडा, लडाइँ र रोगव्याधि धेरै हुन्छ।

पाँच शनिच्चर पाँच रवि
पाँच मङ्गल जँ होय
छत्र टुटि परय, अन्नक महगी होय

एउटै महिनामा पाँचवटा शनिबार अथवा आइतबार वा मङ्गलबार परेमा अशुभ हुन्छ र अन्न महँगोसमेत हुन सक्छ।

एक बुन्द जल चेतही होय
सहस बुन्द सावनमे खोय

चैतमा पानी भयो भने साउनमा अनिकाल पर्छ।

चैत अन्हरिया पडि़बा देख, जौन वार ताकल फल पेख
रविवार जँ आँधी बहय, मङ्गल बिग्रह युद्धही कहय
बुधवार होय काल जनाबय, शनिबार बहु विपदा लाबय
सखर नदी कूप नहि पानी, मानुख चौपद मृत्यु बखानी
हाहाकार सकल दिशी जानो, शनिबारको फल मानो
चन्द्र शुक्र बृहस्पति बारा, दूध अन्न से भरे भण्डारा
चैत वदी पडि़बा फलयह, सुनिले राजा डाकहि कहय

चैत कृष्ण प्रतिपदा तिथिमा आइतबार परेमा आँधीबेरी, मङ्गलबार परेमा झगडा, बुधबार परेमा अनिकाल, शनिबार परेमा वर्षाको अभाव एवं मृत्युको सम्भावना हुन्छ। तर सो तिथि सोमबार, बिहीबार र शुक्रबार परेमा शुभ हुन्छ।

चैत्र त्रयोदशी शसनक योग
नहि हो अन्न डाक के भोग

चैत महिनाको त्रयोदशी शनिबार परेमा अन्न महँगो हुन्छ।

चैत मास यदि तप्ते जाय
नहि मेघ नहि बिज्जु देखाय
बहय न वायु अन्धरो पाख
ताकर फल इमि डाकहि भाख
समय होय शुभ वर्षा होय
राजा प्रजा सुखी हो सोय

चैत महिनामा चर्को घाम भए पनि मेघको गर्जन र बिजुली नचम्केमा तथा कृष्ण पक्षमा तीव्र गतिमा बसात नचलेमा शुभ हुन्छ।

बादर जँ वैशाखमे देखि पडय पचरंग
अथवा मेघा वर्षहिँ चमकी बिजुरीके संग
तँ चौमासा वर्षहिँ मेघ मही पर जान
सावनमे उपजे चनो नाज अनेक विधान

वैशाख महिनामा पाँच रंगको मेघ, बिजुली चम्किँदै वर्षा भएमा पावस र शरद ऋतुमा पनि वर्षा हुनेछ र अन्न प्रशस्त उत्पादन हुनेछ।

सुदी वैशाख एगारह अरू तेरह जँ बादर छारह
अरू बिजुरी चमकय बहुताही
राज उपद्रव हो महि माही

वैशाख शुक्ल एकादशी, द्वादशी र त्रयोदशी तिथिमा बादल मडारिने र बिजुली चम्केमा राज्यमा क्रान्तिको सम्भावना हुन्छ।

जेठ पहिल पडिवा दिना बुधवासर जँ होइ
मूल अषाढी जँ मिलय पृथ्वी कम्पय सोइ

जेठ कृष्ण प्रतिपदामा बुधबार परेमा र मूल नक्षत्र असारे पूर्णिमा भएमा पृथ्वीमा कम्पन हुनेछ।

जेठ सूदी अठमीसँ देखी
चारि दिना मन्द वायु विलोकि
गगन सुन्दर धन देखल
मेघमे गर्भकह डाक बुझाय

जेठ शुक्ल तिथिदेखि चार दिनसम्म बादल मडारिने र सुस्तरी बसात चलिरहेमा डाकको मतमा त्यो नक्षत्रमा अधिक वर्षा हुनेछ।

रातुक कागा दिनुक सियार
की झाडि बादर की उपटार

असार महिनामा राति काग र दिनमा स्याल कराएमा अशुभ हुन्छ।

साउन पछबा बहय दिन चारी
चुल्हिक पाछाँ उपजय सारी
बरिसय रिमझिम निशिदिन वारी
कहि गय वचन डाक पर चारी

साउन महिनामा चार दिनसम्म पश्चिमी बतास चलेमा चौबीसै घण्टा सिमसिम वर्षा भई खाद्यान्न उत्पादन राम्रो हुनेछ।

साओन वदी एकादशी, बादल उगय सुर
तो यौ भाखय भाडुरी, घरघर बाजय तुर

साउन कृष्ण एकादशीमा सूर्योदयका बेला बादलभित्र सूर्य देखिएमा त्यो वर्ष मङ्गलमय हुन्छ।

मंगलबारी होय दिवारी
हँसय किसान रोबय व्यापारी

दीपावली मङ्गलबार परेमा गृहस्थ हँसिलो र व्यापारी रुने अवस्था उत्पन्न हुन्छ।

धन ओ राजा धन ओ देश
अगहन मास जँ बरिसय मेघ
वा जहाँ बरिसय अगहनक शेष

त्यो राजा र देश धन्य हुन्छ जुन देशमा मंसिरमा वर्षा हुन्छ।

रविया रविसूत ओ अंगार
पुस अमावस कहल गोआर
अपन-अपन घर चेतहुँ जाय
रत्नक मोलेँ अन्न बिकाय

पुस महिनाको अमावश्या आइतबार, शनिबार अथवा मङ्गलबार परेमा डाकको मतमा खाद्यान्न महँगो हुनेछ।

माघ मास जँ पडय न सीत
महँगा नाज जानियो मीत

माघ महिनामा शीत नपरेमा र जाडो अधिक नभएमा अन्न महँगो हुनेछ।

कर्क राशिमे मंगलबारी
ग्रहण पडय दुर्भिक्ष विचारी

कर्कट राशिमा मङ्गलबार र चन्द्रग्रहण परेमा दुर्भिक्ष हुनेछ।

असमय बरिसय झर-झर बादर
समयसँ होय मेघबा कादर
सकल प्रजागण रोगेँ पूर
भयक कारणे डाक भेल चूर

असमयमा वर्षा भयो भने प्रजा रोगले पीडित भई भयाक्रान्त रहनेछन्।

आगे मेघा पीछे भान
वर्षा होवे ओस समान

अगाडि बादल मडारिने, पछाडि सूर्योदय हुने अवस्था देखिएमा अनिकाल पर्ने सम्भावना हुन्छ।

साओन पछवा, भादव पुरिबा
आसिन बहय इसान
कार्तिक कन्ता सिकियो ने डोलय 
कहाँक राखब धान

साउन महिनामा पश्चिमी, भदौ र असोजमा पूर्वी र उत्तरी दिशाको बीचको कोणबाट बतास चल्ने तर कार्तिकमा बसात नचल्ने अवस्था भएमा धान उत्पादन प्रशस्त हुनेछ।

जँ साओनमे बह पुरबैया
बेचि बडदके कीनु गैया

साउन महिनामा पूर्वी दिशाबाट बतास चलेमा गोरु बेचेर गाई किन्नु बेश होला किनकि चाँडै अनिकाल पर्नेछ। त्यस्तै फल, गोरु, कृषि, बच्चाको दाँत, देवमूर्तिका सम्बन्धमा डाक वचन मननयोग्य देखिएको छ।

डाकको मतमा

बडद लिहह कजरा
दाम दिहह अगरा
.........................
बडसिंगा जनु लिअ मोल
कुपमे खसाउ रूपया खोल

कालो आँखा भएको गोरु किनेमा राम्रो हुन्छ। ठूलो सिङ भएको गोरु किन्नु हुँदैन।

माघ बरिसय तीन जाय
गहुँम गाय बेमाय
..............................
बापे पुते करी चास, बापक मुइने भाइक आस
अनेक संगे नहि करी चास, नहि हो अन्न, नहि हो गामहि वास

माघ महिनामा वर्षा भएमा गहुँ र गाईलाई क्षति पुग्छ। पिता र पुत्रले संयुक्त रूपमा खेती गर्नु पर्दछ, पिताको निधन भएमा दाजुसँग खेती गर्नु पर्दछ, अरूसँग खेती गरेमा न त खाद्यान्न उत्पादन हन्छ, न त गाउँमा बास हुन्छ।

असार रोपि तान बितान
साओन रोपि लबिक धान
भादो रोपि कोडबा बान
तीनु काटी एक समान

असार महिनामा एक हातको दूरीमा, साउनमा एक बित्तामा र भदौमा गंगटोको खुट्टाझैँ नजिकको दूरीमा धान रोप्नु पर्दछ।

पहिलहि उपर जनमल दाँत, बापहि खेतहु अथवा मात
दाँत लेने जँ जनमय बाल, माय-बाप ओ डाकक काल
सबके खाय अपनो नहि बाँचए
कहथि डाक तोँ बूझह साँच

बच्चाको पहिलो दाँत माथि निस्केमा बुवा वा आमाको मृत्यु हुनेछ। बच्चाको दाँत जन्मदेखि नै छ भने आमाबुबासँगै अन्यको मृत्यु हुनछ तथा बच्चा आफू पनि नबाँच्ने अवस्था आउँछ।

डाकको यस्ता अनौठो वचन पनि पाइन्छन्

असमय तीनि दिनसँ उपर
जाहि देश वर्षा हो भू पर
देशक प्रधान होय मरण
कहथि डाक जाउ इशक शरण
........................................
प्रतिमा हँसय ओ मुनय नयन
रोदन करय ओ बाजय बयन
धूआँ उठय ओ ज्वाला देख
अति भय होय देशमे लेख
सकल देव प्रतिमाको जान
कहथि डाक जे होय नहि आन
.............................................
बिनु कारण जँ अंगक भंग
प्रतिमा चल तनु घाम संग
नेत्र नोर जँ बुझना जाय
प्रतिमा बाजल सुनल जाय
कहय डाक निश्चय भूपाल
देशक राजा मरय ओहि साल

असमयमा अविरल रूपमा तीन दिनसम्म वर्षा भएमा डाकको मतमा देशको प्रमुखको मृत्यु निश्चित छ। मन्दिरमा भएको देवमूर्ति हाँसेमा, आँशु झरेमा, आवाज आएमा वा ज्वाला देखिएमा सो स्थानमा विशेष भय एवं उपद्रवको सम्भावना हुन्छ। अकारण देवमूर्तिको अङ्गभङ्ग भएमा, स्थान परिवर्तन भएमा वा अङ्गमा पसिना आएमा त्यो देशको राजाको मृत्यु हुनेछ।

यसरी लोककण्ठमा बास बस्दै आएका डाकका वचन अहिले पनि सामाजिक रूपमा मानिन्छन् र अध्येताका लागि पनि महत्त्वपूर्ण रहेको छ। साहित्यकार रामभरोस कापडीका अनुसार मौखिक र परम्परागतरूपमा प्रचलित उनका वचनको समयका बारेमा प्रामाणिकताको अभाव देखिए पनि उनको वचनमा अर्थ परिवहन, क्षमता, विचार, दर्शन, कलाकौशल, व्यवहार बोधदेखि लिएर नीतिशास्त्रीय गरिमाको प्रत्याङ्कन पाइन्छ। 

“हामीलाई के लाग्छ भने साहित्य विधा नै कला हो, सामाजिक व्याप्ति र धरातलका सापेक्षतामा त्यसको मूल्याङ्कन भए यथार्थ बोध हुन्छ,” उनी भन्छन्, “यस अर्थमा डाकका वचनमा समाजको सग्लो चित्र प्रस्तुत भएको पाइन्छ। देश काल, परिस्थिति, व्यक्ति मर्यादामा विचार पुर्‍याएर मात्र सत्योक्ति बोल्नसक्ने अनुभूति उनको वचनले प्रक्षेपण गरेको छ।”

रासस

" /> जनकपुरधाम। मिथिलामा डाकका मौसमसम्बन्धी विचार र भविष्यवाणी आज पनि वर्तमान हुने गरेको देखिएको छ। मैथिली साहित्यमा कविकोकिल विद्यापतिजस्तै कृषि क्षेत्रका डाक भविष्यद्रष्टा थिए। उनको नाम नै डाक रहेको तथा उनका वचनलाई विशेष गरी कृषक रामवाण मान्दछन् र अझै पनि उनकै वचनमा खेतीपाती गर्नै चलन छ।

"> मैथिल लोककण्ठमा र कृषिजीवनमा अझै जीवित छन् भविष्यवेत्ता ‘डाक’: Dekhapadhi
मैथिल लोककण्ठमा र कृषिजीवनमा अझै जीवित छन् भविष्यवेत्ता ‘डाक’ <p style="text-align: justify;">जनकपुरधाम। मिथिलामा डाकका मौसमसम्बन्धी विचार र भविष्यवाणी आज पनि वर्तमान हुने गरेको देखिएको छ। मैथिली साहित्यमा कविकोकिल विद्यापतिजस्तै कृषि क्षेत्रका डाक भविष्यद्रष्टा थिए। उनको नाम नै डाक रहेको तथा उनका वचनलाई विशेष गरी कृषक रामवाण मान्दछन् र अझै पनि उनकै वचनमा खेतीपाती गर्नै चलन छ।</p> <p style="text-align: justify;">परिवेश, जीवन तथा समाजप्रति सचेत डाकका वचनमा हितसाधना, कल्याण कामना, मानवीय सुखको वृद्धि, मानवसमाजको परस्परको मेलमिलाप र सहनुभूतिको चेत विकासका सन्देश अधिक रहेको पाइन्छ।</p> <p style="text-align: justify;">डाकका वचन यस पृष्ठभूमिमा सूर्यको प्रकाशजस्तो बौद्धिक प्रकाश मानिएको छ। यसले जनभाषामा भविष्यवाणीको रूप लिएको देखिन्छ। उनको वचन परिवेश, जीवन तथा समाजप्रति सचेत र प्रतिनिधि छ। समाजको सापेक्षतामा नै उनको वचन पारख गर्नसक्ने तथ्य प्राध्यापक डा. पशुपतिनाथ झा औँल्याउँछन्।</p> <p style="text-align: justify;">उनका अनुसार डाकले उखानका माध्यमबाट ज्ञान र समझदारी अभिवृद्धि गर्ने ध्येयले मैथिली भाषाको विशाल सागर, त्यसमा समस्या र समाधानका अनन्त लहरलाई सूत्ररूपमा आदानप्रदान गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">डाकका वचन मौखिक र परम्परागत रूपमा रहेकाले उनको समयसन्दर्भमा अध्येताबीच मतभेद छ। तापनि समाजमा प्रमाणिक र स्वीकार्य रहेको छ। अध्येताले चौरासी सिद्धहरूकै श्रेणीमा उनलाई राखेका छन्। मैथिली भाषाका प्रथम ग्रन्थ &lsquo;वर्ण रत्नाकर&rsquo;मा ज्योतिश्वर ठाकुरले १३ औँ शताब्दीमा चौरासी सिद्धहरूको सूचीमा डाकलाई चर्चा गर्दै डाकका वचनलाई अत्यन्त प्राचीन भनी उल्लेख गरेको पाइन्छ।</p> <p style="text-align: justify;">त्यस्तै, महाकवि विद्यापतिका छोरा हरपति ठाकुरले डाकको नाउँ १४ औँ शताब्दीमा चर्चा गरेका छन्। डाकको वचन आसाम, बङ्गाल र उडिसातिर पनि प्रचलित रहेको पाइन्छ। भाषा छैटौँ शताब्दीको अपभ्रंशसँग मिल्ने गरेको भनी कतिपय अध्येताले डाकको जन्म आसामको कामरूप जिल्लामा भएको अनुमान गरेका छन्। अन्य अधिकांशले डाक वचनको भाषा मैथिली रहेका कारण डाकलाई मैथिल भएको प्रमाण अघि सारेका छन्।</p> <p style="text-align: justify;">डाकका एक लाखभन्दा बढी रचनाको सङ्कलन बीसौँ शताब्दीका अध्येताहरूले गरेको पाइन्छ। डाकका जीवनोपयोगी उखान समाजमा प्रचलित र मान्यता प्राप्त भए पनि त्यस बेलाका विद्वानहरूले संलग्न नगरेका कारण डाकको जन्म, जातिका बारेमा पनि मतभेद देखिएको छ।</p> <p style="text-align: justify;">डाकका ज्योतिषसम्बन्धी वचनलाई ध्यानमा राख्दै उनीलाई ब्राह्मण मान्ने पनि छन्। तर स्वयं डाकका वचनमा उल्लेख परिचयले ग्वाला, यादव मान्नेको सङ्ख्या पनि अधिक देखिन्छ। जन्म र जातको मतमा भिन्नता देखिए पनि मिथिलावासी डाकका वचनलाई जीवनसूत्र मानेको देखिन्छ। कुनै कार्यको थालनी गर्नुपूर्व ग्रामीण क्षेत्रमा अहिले पनि डाकका वचनको निर्देशनलाई पालन गर्ने चलन विद्यमान छ। अतः कुन परिस्थितिमा कार्य गर्ने र कुन परिस्थितिको के परिणाम हुनसक्छ भन्ने सन्दर्भमा डाक वचन अहिले पनि मैथिल समाजले सान्दर्भिक मान्दछ &mdash;</p> <p style="text-align: justify; margin-left: 40px;"><em>सुन्दर शिशुयुत युवती नारी<br /> भरल कुम्भयुत हो पनिहारी<br /> दधी कोकिल पुनि लावामीन<br /> ई सब थिक नही यात्रा हीन</em></p> <p style="text-align: justify;">अर्थात् यात्राका बेला सुन्दर शिशुसँग स्त्री, पानीले भरिएको गाग्री बोकेकी महिला, कोयली, ताजा माछा र बाछा&ndash;बाछीलाई दूध खुवाउँदै गाईको दर्शनले यात्रा शुभ हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>मंगलक उषा बुधक प्रात<br /> यात्रा करी डाकक बात</em></p> <p style="text-align: justify;">मङ्गलबार र बुधबारका दिन बिहानका समयमा यात्राका लागि शुभ हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>सोमेर-शुक्रेर बुधेर उषा<br /> छोड़ह पण्डित लेखाजोखा</em></p> <p style="text-align: justify;">सोमबार, बुधबार र शुक्रबारका दिन बिहानै यात्रा गर्ने हो भने ज्योतिषसँग लेखाजोखा गराउने प्रयोजन हुँदैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>शनि मङ्गल भोजन कय चली देव<br /> गेलो लक्ष्मी पलटी कय लेब</em></p> <p style="text-align: justify;">शनिबार र मङ्गलबार खाना खाएर यात्रा गरेमा गुमेको धन पनि प्राप्त हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>भदवा के नही जाति, ने पाति<br /> दक्षिण उत्तर दुपहर राति</em></p> <p style="text-align: justify;">भदवाको कुनै जातिपाती नहुने भएकाले भदवाका बेला उत्तर र दक्षिणतर्फ बेलुका र राति यात्रा गर्नु हुँदैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>कुज दुज दशमी बुध ओ हस्ता<br /> उत्तर गमने मरण अवस्था<br /> कहही डाक गमनो नहि करी<br /> नासे प्राण कोटी विधि परी</em></p> <p style="text-align: justify;">उत्तर दिशामा गमन सन्दर्भमा मङ्गल, बुध, द्वितीया, दशमी र हथिया उपयुक्त हुँदैनन्, डाकका मतमा यस्तो अवस्थामा गमन गरेमा मृत्यु हुन सक्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>शनि कहय मोही आदी भावय<br /> सकल कार्य जीति घर आवय<br /> ने गुनी भदवा नै दिगशूल<br /> कहथी डाक अमृत समतूल</em></p> <p style="text-align: justify;">शनिबार अदुवा खाएर यात्रा गरेमा विजय प्राप्त गरी घर फर्किनेछ। डाकका अनुसार यस्तोमा भदवा र दिगशूल लाग्दैन, यो वाक्य अमृत सदृश रहेको छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>क्यो पुछय जे जायब कतय<br /> भेलो काज विनाशय ततय</em></p> <p style="text-align: justify;">यात्राका बेला कसैले कहाँ जाँदै हुनुहुन्छ भनी सोधेमा कार्यमा विघ्न उत्पन्न हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>रवि कय पान, सोम कय दर्पण<br /> मंगल कय किछु धनियाँ चर्वण<br /> बुधही गूड़ वृहस्पति राइ<br /> शुक्र कहय मोहि दही सोसाइ</em></p> <p style="text-align: justify;">आइतबार पान खाएर, सोमबार ऐना हेरेर, मङ्गलबार धनियाँ खाएर, बुधबार सखर, बिहीबार राई र शुक्रबार दही खाएर यात्रा गरेमा दिगशुल लाग्दैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>उत्तर छीकय मान समान<br /> सर्वसिद्धि लय कोन इसान<br /> पूरब छिक्का मृत्यु हकार<br /> अग्नि कोनमे दुःखक भार</em></p> <p style="text-align: justify;">उत्तर दिशामा छिँक्का गर्दा मानसम्मान, ईशान कुनामा सर्वसिद्धि, पूर्वमा मृत्यु र अग्नि कुनामा दुःखमा वृद्धि हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>आकाशक छिक्के जे नर जाय<br /> पलटि अन्न मन्दिर नहि खाय<br /> सबके छिक्का कहि गेल डाक<br /> अप्पन छिक्के नहि करू काज</em></p> <p style="text-align: justify;">यात्राका बेला माथितर्फ छिँक्का गरेमा घर फर्किने सम्भावना क्षीण हुने भएकाले डाकको मतमा अरूको छिँक्कामा विचार नगरे पनि आफ्नो छिँक्कामा यात्रा गर्नु हुँदैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>बुध हो राजा, मन्त्री कान<br /> अन्नक सुखसँ चलब उतान</em></p> <p style="text-align: justify;">जुन वर्षमा बुध राजा र शुक्र मन्त्री हुन्छ, त्यो वर्ष अन्न उत्पादन धेरै हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>शानि हो राजा, मङ्गल मन्त्रीक<br /> धान ने हो, नही होबे यन्त्री</em></p> <p style="text-align: justify;">जुन वर्षमा राजा शनि र मन्त्री मङ्गल हुन्छ, त्यो वर्ष धान र जौको उत्पादन हुँदैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>एक राशि छओ गरहक योग<br /> ताहि वर्ष बहु पीडा&nbsp;रोग<br /> कहय डाक ई गोलक योग<br /> युद्धक कारण इन्द्रहुकाँ झोल</em></p> <p style="text-align: justify;">जुन वर्षमा एउटै राशिमा छवटा ग्रहको आगमन हुन्छ, त्यो वर्ष झगडा, लडाइँ र रोगव्याधि धेरै हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>पाँच शनिच्चर पाँच रवि<br /> पाँच मङ्गल जँ होय<br /> छत्र टुटि परय, अन्नक महगी होय</em></p> <p style="text-align: justify;">एउटै महिनामा पाँचवटा शनिबार अथवा आइतबार वा मङ्गलबार परेमा अशुभ हुन्छ र अन्न महँगोसमेत हुन सक्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>एक बुन्द जल चेतही होय<br /> सहस बुन्द सावनमे खोय</em></p> <p style="text-align: justify;">चैतमा पानी भयो भने साउनमा अनिकाल पर्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>चैत अन्हरिया पडि़बा देख,&nbsp;जौन वार ताकल फल पेख<br /> रविवार जँ आँधी बहय, मङ्गल बिग्रह युद्धही कहय<br /> बुधवार होय काल जनाबय, शनिबार बहु विपदा लाबय<br /> सखर नदी कूप नहि पानी, मानुख चौपद मृत्यु बखानी<br /> हाहाकार सकल दिशी जानो, शनिबारको फल मानो<br /> चन्द्र शुक्र बृहस्पति बारा, दूध अन्न से भरे भण्डारा<br /> चैत वदी पडि़बा फलयह, सुनिले राजा डाकहि कहय</em></p> <p style="text-align: justify;">चैत कृष्ण प्रतिपदा तिथिमा आइतबार परेमा आँधीबेरी, मङ्गलबार परेमा झगडा, बुधबार परेमा अनिकाल, शनिबार परेमा वर्षाको अभाव एवं मृत्युको सम्भावना हुन्छ। तर सो तिथि सोमबार, बिहीबार र शुक्रबार परेमा शुभ हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>चैत्र त्रयोदशी शसनक योग<br /> नहि हो अन्न डाक के भोग</em></p> <p style="text-align: justify;">चैत महिनाको त्रयोदशी शनिबार परेमा अन्न महँगो हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>चैत मास यदि तप्ते जाय<br /> नहि मेघ नहि बिज्जु देखाय<br /> बहय न वायु अन्धरो पाख<br /> ताकर फल इमि डाकहि भाख<br /> समय होय शुभ वर्षा होय<br /> राजा प्रजा सुखी हो सोय</em></p> <p style="text-align: justify;">चैत महिनामा चर्को घाम भए पनि मेघको गर्जन र बिजुली नचम्केमा तथा कृष्ण पक्षमा तीव्र गतिमा बसात नचलेमा शुभ हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>बादर जँ वैशाखमे देखि पडय पचरंग<br /> अथवा मेघा वर्षहिँ चमकी बिजुरीके संग<br /> तँ चौमासा वर्षहिँ मेघ मही पर जान<br /> सावनमे उपजे चनो नाज अनेक विधान</em></p> <p style="text-align: justify;">वैशाख महिनामा पाँच रंगको मेघ, बिजुली चम्किँदै वर्षा भएमा पावस र शरद ऋतुमा पनि वर्षा हुनेछ र अन्न प्रशस्त उत्पादन हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>सुदी वैशाख एगारह अरू तेरह जँ बादर छारह<br /> अरू बिजुरी चमकय बहुताही<br /> राज उपद्रव हो महि माही</em></p> <p style="text-align: justify;">वैशाख शुक्ल एकादशी, द्वादशी र त्रयोदशी तिथिमा बादल मडारिने र बिजुली चम्केमा राज्यमा क्रान्तिको सम्भावना हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>जेठ पहिल पडिवा दिना बुधवासर जँ होइ<br /> मूल अषाढी जँ मिलय पृथ्वी कम्पय सोइ</em></p> <p style="text-align: justify;">जेठ कृष्ण प्रतिपदामा बुधबार परेमा र मूल नक्षत्र असारे पूर्णिमा भएमा पृथ्वीमा कम्पन हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>जेठ सूदी अठमीसँ देखी<br /> चारि दिना मन्द वायु विलोकि<br /> गगन सुन्दर धन देखल<br /> मेघमे गर्भकह डाक बुझाय</em></p> <p style="text-align: justify;">जेठ शुक्ल तिथिदेखि चार दिनसम्म बादल मडारिने र सुस्तरी बसात चलिरहेमा डाकको मतमा त्यो नक्षत्रमा अधिक वर्षा हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>रातुक कागा दिनुक सियार<br /> की झाडि बादर की उपटार</em></p> <p style="text-align: justify;">असार महिनामा राति काग र दिनमा स्याल कराएमा अशुभ हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>साउन पछबा बहय दिन चारी<br /> चुल्हिक पाछाँ उपजय सारी<br /> बरिसय रिमझिम निशिदिन वारी<br /> कहि गय वचन डाक पर चारी</em></p> <p style="text-align: justify;">साउन महिनामा चार दिनसम्म पश्चिमी बतास चलेमा चौबीसै घण्टा सिमसिम वर्षा भई खाद्यान्न उत्पादन राम्रो हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>साओन वदी एकादशी, बादल उगय सुर<br /> तो यौ भाखय भाडुरी, घरघर बाजय तुर</em></p> <p style="text-align: justify;">साउन कृष्ण एकादशीमा सूर्योदयका बेला बादलभित्र सूर्य देखिएमा त्यो वर्ष मङ्गलमय हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>मंगलबारी होय दिवारी<br /> हँसय किसान रोबय व्यापारी</em></p> <p style="text-align: justify;">दीपावली मङ्गलबार परेमा गृहस्थ हँसिलो र व्यापारी रुने अवस्था उत्पन्न हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>धन ओ राजा धन ओ देश<br /> अगहन मास जँ बरिसय मेघ<br /> वा जहाँ बरिसय अगहनक शेष</em></p> <p style="text-align: justify;">त्यो राजा र देश धन्य हुन्छ जुन देशमा मंसिरमा वर्षा हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>रविया रविसूत ओ अंगार<br /> पुस अमावस कहल गोआर<br /> अपन-अपन घर चेतहुँ जाय<br /> रत्नक मोलेँ अन्न बिकाय</em></p> <p style="text-align: justify;">पुस महिनाको अमावश्या आइतबार, शनिबार अथवा मङ्गलबार परेमा डाकको मतमा खाद्यान्न महँगो हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>माघ मास जँ पडय न सीत<br /> महँगा नाज जानियो मीत</em></p> <p style="text-align: justify;">माघ महिनामा शीत नपरेमा र जाडो अधिक नभएमा अन्न महँगो हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>कर्क राशिमे मंगलबारी<br /> ग्रहण पडय दुर्भिक्ष विचारी</em></p> <p style="text-align: justify;">कर्कट राशिमा मङ्गलबार र चन्द्रग्रहण परेमा दुर्भिक्ष हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>असमय बरिसय झर-झर बादर<br /> समयसँ होय मेघबा कादर<br /> सकल प्रजागण रोगेँ पूर<br /> भयक कारणे डाक भेल चूर</em></p> <p style="text-align: justify;">असमयमा वर्षा भयो भने प्रजा रोगले पीडित भई भयाक्रान्त रहनेछन्।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>आगे मेघा पीछे भान<br /> वर्षा होवे ओस समान</em></p> <p style="text-align: justify;">अगाडि बादल मडारिने, पछाडि सूर्योदय हुने अवस्था देखिएमा अनिकाल पर्ने सम्भावना हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>साओन पछवा, भादव पुरिबा<br /> आसिन बहय इसान<br /> कार्तिक कन्ता सिकियो ने डोलय&nbsp;<br /> कहाँक राखब धान</em></p> <p style="text-align: justify;">साउन महिनामा पश्चिमी, भदौ र असोजमा पूर्वी र उत्तरी दिशाको बीचको कोणबाट बतास चल्ने तर कार्तिकमा बसात नचल्ने अवस्था भएमा धान उत्पादन प्रशस्त हुनेछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>जँ साओनमे बह पुरबैया<br /> बेचि बडदके कीनु गैया</em></p> <p style="text-align: justify;">साउन महिनामा पूर्वी दिशाबाट बतास चलेमा गोरु बेचेर गाई किन्नु बेश होला किनकि चाँडै अनिकाल पर्नेछ। त्यस्तै फल, गोरु, कृषि, बच्चाको दाँत, देवमूर्तिका सम्बन्धमा डाक वचन मननयोग्य देखिएको छ।</p> <p style="text-align: justify;"><strong>डाकको मतमा </strong><em>&ndash;</em></p> <p style="text-align: justify; margin-left: 40px;"><em>बडद लिहह कजरा<br /> दाम दिहह अगरा<br /> .........................<br /> बडसिंगा जनु लिअ मोल<br /> कुपमे खसाउ रूपया खोल</em></p> <p style="text-align: justify;">कालो आँखा भएको गोरु किनेमा राम्रो हुन्छ। ठूलो सिङ भएको गोरु किन्नु हुँदैन।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>माघ बरिसय तीन जाय<br /> गहुँम गाय बेमाय<br /> ..............................<br /> बापे पुते करी चास, बापक मुइने भाइक आस<br /> अनेक संगे नहि करी चास, नहि हो अन्न, नहि हो गामहि वास</em></p> <p style="text-align: justify;">माघ महिनामा वर्षा भएमा गहुँ र गाईलाई क्षति पुग्छ। पिता र पुत्रले संयुक्त रूपमा खेती गर्नु पर्दछ, पिताको निधन भएमा दाजुसँग खेती गर्नु पर्दछ, अरूसँग खेती गरेमा न त खाद्यान्न उत्पादन हन्छ, न त गाउँमा बास हुन्छ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>असार रोपि तान बितान<br /> साओन रोपि लबिक धान<br /> भादो रोपि कोडबा बान<br /> तीनु काटी एक समान</em></p> <p style="text-align: justify;">असार महिनामा एक हातको दूरीमा, साउनमा एक बित्तामा र भदौमा गंगटोको खुट्टाझैँ नजिकको दूरीमा धान रोप्नु पर्दछ।</p> <p style="text-align: justify; margin-left: 40px;"><em>पहिलहि उपर जनमल दाँत, बापहि खेतहु अथवा मात<br /> दाँत लेने जँ जनमय बाल, माय-बाप ओ डाकक काल<br /> सबके खाय अपनो नहि बाँचए<br /> कहथि डाक तोँ बूझह साँच</em></p> <p style="text-align: justify;">बच्चाको पहिलो दाँत माथि निस्केमा बुवा वा आमाको मृत्यु हुनेछ। बच्चाको दाँत जन्मदेखि नै छ भने आमाबुबासँगै अन्यको मृत्यु हुनछ तथा बच्चा आफू पनि नबाँच्ने अवस्था आउँछ।</p> <p style="text-align: justify;"><strong>डाकको यस्ता अनौठो वचन पनि पाइन्छन् <em>&ndash;</em></strong></p> <p style="text-align: justify; margin-left: 40px;">असमय तीनि दिनसँ उपर<br /> जाहि देश वर्षा हो भू पर<br /> देशक प्रधान होय मरण<br /> कहथि डाक जाउ इशक शरण<br /> ........................................<br /> प्रतिमा हँसय ओ मुनय नयन<br /> रोदन करय ओ बाजय बयन<br /> धूआँ उठय ओ ज्वाला देख<br /> अति भय होय देशमे लेख<br /> सकल देव प्रतिमाको जान<br /> कहथि डाक जे होय नहि आन<br /> .............................................<br /> बिनु कारण जँ अंगक भंग<br /> प्रतिमा चल तनु घाम संग<br /> नेत्र नोर जँ बुझना जाय<br /> प्रतिमा बाजल सुनल जाय<br /> कहय डाक निश्चय भूपाल<br /> देशक राजा मरय ओहि साल</p> <p style="text-align: justify;">असमयमा अविरल रूपमा तीन दिनसम्म वर्षा भएमा डाकको मतमा देशको प्रमुखको मृत्यु निश्चित छ। मन्दिरमा भएको देवमूर्ति हाँसेमा, आँशु झरेमा, आवाज आएमा वा ज्वाला देखिएमा सो स्थानमा विशेष भय एवं उपद्रवको सम्भावना हुन्छ। अकारण देवमूर्तिको अङ्गभङ्ग भएमा, स्थान परिवर्तन भएमा वा अङ्गमा पसिना आएमा त्यो देशको राजाको मृत्यु हुनेछ।</p> <p style="text-align: justify;">यसरी लोककण्ठमा बास बस्दै आएका डाकका वचन अहिले पनि सामाजिक रूपमा मानिन्छन् र अध्येताका लागि पनि महत्त्वपूर्ण रहेको छ। साहित्यकार रामभरोस कापडीका अनुसार मौखिक र परम्परागतरूपमा प्रचलित उनका वचनको समयका बारेमा प्रामाणिकताको अभाव देखिए पनि उनको वचनमा अर्थ परिवहन, क्षमता, विचार, दर्शन, कलाकौशल, व्यवहार बोधदेखि लिएर नीतिशास्त्रीय गरिमाको प्रत्याङ्कन पाइन्छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हामीलाई के लाग्छ भने साहित्य विधा नै कला हो, सामाजिक व्याप्ति र धरातलका सापेक्षतामा त्यसको मूल्याङ्कन भए यथार्थ बोध हुन्छ,&rdquo; उनी भन्छन्, &ldquo;यस अर्थमा डाकका वचनमा समाजको सग्लो चित्र प्रस्तुत भएको पाइन्छ। देश काल, परिस्थिति, व्यक्ति मर्यादामा विचार पुर्&zwj;याएर मात्र सत्योक्ति बोल्नसक्ने अनुभूति उनको वचनले प्रक्षेपण गरेको छ।&rdquo;</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्