काठमाडाैं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि दुई लाख रूपैयाँ राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ।
नास्टले २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) पनि स्थापना गरेको सचिव डा. महेशकुमार अधिकारीले जानकारी दिए।
ती पुरस्कार २० मंसीरमा प्रदान गरिनेछ।
यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो।
सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख छ।
प्रतिष्ठानको यही १६ मंसीरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न ४३औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो।
सभाले उपचाररत प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको थियो।
प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सञ्चालन गर्न ४३ करोड १८ लाख रूपैयाँको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
सो प्रतिष्ठानबाट प्रविधिका क्षेत्रमा क्रियाशील सर्जकलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगितासहित विकसित नवीनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकलाई अनुसन्धानको लागि सहयोग र निजबाट विकसित प्रविधिमा सुधार गर्न  सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको 'समृद्धिको लागि नवप्रवर्तन कार्यक्रमअन्तर्गत प्रविधि विकासका लागि अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७६' लाई सभाले स्वीकृत गरेको छ ।
प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकाससम्बन्धी अनुसन्धानको प्रवर्द्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजीकरणका लागि 'राष्ट्रिय भवन अनुसन्धान केन्द्र' स्थापनाका  लागि पनि प्रतिष्ठानले पहल शुरू गरेको छ। रासस
" /> काठमाडाैं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि दुई लाख रूपैयाँ राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ।
नास्टले २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) पनि स्थापना गरेको सचिव डा. महेशकुमार अधिकारीले जानकारी दिए।
ती पुरस्कार २० मंसीरमा प्रदान गरिनेछ।
यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो।
सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख छ।
प्रतिष्ठानको यही १६ मंसीरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न ४३औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो।
सभाले उपचाररत प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको थियो।
प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सञ्चालन गर्न ४३ करोड १८ लाख रूपैयाँको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
सो प्रतिष्ठानबाट प्रविधिका क्षेत्रमा क्रियाशील सर्जकलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगितासहित विकसित नवीनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकलाई अनुसन्धानको लागि सहयोग र निजबाट विकसित प्रविधिमा सुधार गर्न  सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको 'समृद्धिको लागि नवप्रवर्तन कार्यक्रमअन्तर्गत प्रविधि विकासका लागि अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७६' लाई सभाले स्वीकृत गरेको छ ।
प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकाससम्बन्धी अनुसन्धानको प्रवर्द्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजीकरणका लागि 'राष्ट्रिय भवन अनुसन्धान केन्द्र' स्थापनाका  लागि पनि प्रतिष्ठानले पहल शुरू गरेको छ। रासस
"> वैज्ञानिकका लागि ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’: Dekhapadhi
वैज्ञानिकका लागि ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’
काठमाडाैं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि दुई लाख रूपैयाँ राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ।
नास्टले २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) पनि स्थापना गरेको सचिव डा. महेशकुमार अधिकारीले जानकारी दिए।
ती पुरस्कार २० मंसीरमा प्रदान गरिनेछ।
यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो।
सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख छ।
प्रतिष्ठानको यही १६ मंसीरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न ४३औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो।
सभाले उपचाररत प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको थियो।
प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सञ्चालन गर्न ४३ करोड १८ लाख रूपैयाँको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकाससम्बन्धी अनुसन्धानको प्रवर्द्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजीकरणका लागि 'राष्ट्रिय भवन अनुसन्धान केन्द्र' स्थापनाका  लागि पनि प्रतिष्ठानले पहल शुरू गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्