महिला क्रिकेटमा नेपालको लज्जास्पद हार

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपालले आज लज्जास्पद हार बेहोरेको छ।

पोखरा क्रिकेट रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई १० विकेटको नतिजा सुम्पिएको हो।

बंगलादेशले हिजाे श्रीलंकालाई ७ विकेटले हराएको थियो।

नेपालले भने पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो।

नेपालका रुबिना क्षेत्रीले १३, सोनु खड्काले १२ र इन्दु वर्माले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका पाँचजनाले रनको खाता खोल्न सकेनन्।

५० रनको लक्ष्य बंगलादेशले ७.४ ओभरमा बिनाविकेट क्षति पूरा गरेको हो।

बंगलादेशका मुर्सिदा खातुन २३ र आयषा रहमान २६ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्