काठमाडौं। कोरोनाले कयौं मानिसका कारोबार चौपट भए भने कतिपयका निम्ति महामारी अवसरका रूपमा रह्यो। कोरोनाकालमा ती पहिलाभन्दा थप धनी बन्न पुगे।
कोरोनाका कारण संसारभर १६ लाखभन्दा बढीको ज्यान गयो। आर्थिक संकटका कारण कयौं व्यवसाय बन्द भए, कयौंको जागिर गुम्यो। तर, केही धनी मानिसलाई महामारीले कुनै असर गरेन।
संसारका ६० प्रतिशतभन्दा अधिक अर्बपति २०२० मा झनै धनी भए र तीमध्ये पाँच जना यी हुन्, जसको सम्पत्ति ३१०.५ अर्ब डलर बराबर भयो। यी हुन् ती अर्बपतिः
एलन मस्क, टेस्लाका सहसंस्थापक तथा सीईओ
स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी (सीईओ) एलन मस्कको सम्पत्ति २०२० मा १४० अर्ब डलर थपियो। ब्लुमबर्गका अनुसार गत सोमबार उनको सम्पत्ति एक खर्ब ६७ अर्ब डलर पुगेको थियो। योसँगै मस्क संसारका अर्बपतिहरूको सूचीमा अगाडि बढेका छन्। उनी नोभेम्बरमा बिल गेट्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन्। पहिलो नम्बरमा अहिले पनि अमेजनका संस्थापक जेफ बेजोस रहेका छन्।
फोब्र्स पत्रिकाले जहिलेदेखि अर्बपतिको सूची सार्वजनिक गर्न थाल्यो तबदेखि एक वर्षमा जोडेको यो नै ठूलो कमाइ हो। मस्कको कम्पनी टेस्लाले इलेक्ट्रिक कार बनाउँछ। उनको अर्को कम्पनी स्पेस एक्स यही वर्ष अन्तरिक्षमा एस्ट्रोनट लन्च गर्ने पहिलो निजी कम्पनी बन्यो।
जेफ बेजोस, अमेजनका संस्थापक तथा सीईओ
जेफ बेजोस ती व्यक्ति हुन् जो २०२० को सुरूआतमै संसारको सबैभन्दा धनी बनेका थिए र यो वर्षको अन्त्यमा पनि उनी नै उक्त स्थानमा रहन सफल भए। बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनको संस्थापक मात्र होइनन् उनी अमेरिकी पत्रिका ‘दि वासिङ्टन पोस्ट’का मालिक पनि हुन्।
उनले यो वर्ष आफ्नो सम्पत्ति ७२ अर्ब डलर थपेका छन्। कोरोना महामारीको समयमा अनलाइनमार्फत् खरिदको काम झनै उकालो लाग्यो। केही महिनाअघि उनको सम्पत्ति २०० अर्ब डलर पार गरेको थियो। तर, अहिले उनी १८७ अर्ब डलरका मालिक छन्। बेजोस सम्पत्ति थुपार्दैनन् मात्रै, सामाजिक कार्यमा पनि उत्तिकै सहयोग गर्छन्।
जोङ सनसन, नोँ फु स्प्रिङका संस्थापक
ब्लुमबर्गका अनुसार जोङ सनसनकोको कूल सम्पत्ति ६२.६ अर्ब डलर बढेको छ। उनीसँग कूल सम्पत्ति ६९ अर्ब डलर रहेको छ। उनी चीनका सबैभन्दा धनी व्यक्ति हुन्। उनको बोतलबन्द पानी कम्पनी नोँ फु स्प्रिङ सेयर सार्वजनिक गरेपछि १.१ अर्ब डलरभन्दा बढी कमाएको थियो।
यो कम्पनी १९९६ मा खुलेको थियो। एसियाली बजारमा यो पानीको हिस्सा निकै ठूलो छ। उनको कम्पनीको मूल्य ७० अर्ब डलर रहेको छ। भ्याक्सिन निर्माता बेइजिङ वान्टा बायोलोजिकल फार्मेसीमा पनि उनको स्वामित्व छ।
यो कम्पनी कोरोनाविरुद्ध नाकबाट हाल्ने स्प्रे निर्माणमा लागेको छ। नोभेम्बरमा यसले दोस्रो ट्रायल पूरा गरिसकेको छ।
बर्नार्ड आरनोल्ट, एलभीएमएच गु्रपका मालिक
बर्नार्ड आरनोल्ट फ्रान्सका सबैभन्दा धनी व्यक्ति हुन्। फोब्र्सले उनलाई दोस्रो धनीको सूचीमा राखेको थियो, ब्लुमबर्गले भने उनलाई चौथो नम्बरमा पुर्याइदिएको थियो।
लग्जरी सामान निर्माता कम्पनी एलभीएमएचका मालिक आरनोल्टको कूल सम्पत्ति यो वर्षको अन्त्यसम्ममा आइपुग्दा १४६.३ अर्ब डलर पुगेको छ। उनका लागि यो कठिन समय भएर पनि २०२० मा आरनोल्टको सम्पत्ति ३० प्रतिशतसम्म बढेको छ।
लग्जरी सामान बिक्रीमा कमी आइरहेको छ। तर, एलभीएमएचका सामानमा असर परेको छैन। दक्षिण कोरिया र चीनमा यो कम्पनीका सामान निकै बिक्री भएको छ।
डेन गिलबर्ट, रकेट कम्पनीका अध्यक्ष
५८ वर्षीय डेन गिलबर्ट एनबीए क्लिभल्यान्ड क्याभेलियर्सका मालिक हुन्। अनलाइन मोर्टेज कम्पनी क्विकन लोन्सका सहसंस्थापक पनि हुन् उनी। ब्लुमबर्गको आँकडाअनुसार २०२० मा उनको कूल सम्पत्ति २८.१ अर्बसम्म बढेको छ। अहिले उनको सम्पत्ति ३५.३ अर्ब डलर छ।
क्विकन लोन्सको मूल कम्पनी रकेटले अगस्टमा सेयर तथा अन्य वित्तीय साधनको सार्वजनिक बिक्री सुरू गरेको थियो। गिलबर्टसँग रकेट कम्पनिजको ८० प्रतिशतभन्दा बढी हिस्सा छ, जसको कूल मूल्य ३१ अर्ब डलरभन्दा बढी छ। गिलबर्टको कूल सम्पत्ति एक वर्षमा ६ गुणा बढेको छ, जसको कारण हो- क्विकन लोन्सको आईपीओ।
(बीबीसी)
" /> काठमाडौं। कोरोनाले कयौं मानिसका कारोबार चौपट भए भने कतिपयका निम्ति महामारी अवसरका रूपमा रह्यो। कोरोनाकालमा ती पहिलाभन्दा थप धनी बन्न पुगे।कोरोनाका कारण संसारभर १६ लाखभन्दा बढीको ज्यान गयो। आर्थिक संकटका कारण कयौं व्यवसाय बन्द भए, कयौंको जागिर गुम्यो। तर, केही धनी मानिसलाई महामारीले कुनै असर गरेन।

">