४० हजार घुससहित मालपोतका सुब्बा र कार्यालय सहयोगी पक्राउ
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा र कार्यालय सहयोगीलाई ४० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारले नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई घुस रकमसहित पक्राउ गरेको हो।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी भाईकाजी गौतमलाई चालिस हजार रकम दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय टंगालबाट गएको टोलीले रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उनीहरूलाई पक्राउ गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्