भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध

भारत। भारतीय संघीय मन्त्रिपरिषद्ले आज नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ।

यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ।

प्रस्तावित विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नुपरेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आज बिहान उक्त जानकारी दिएका हुन्।

भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ।

केन्द्रीय गृहमन्त्री अमीत शाहले हिजाे यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरू मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्रीसहित धेरै राजनीतिक नेताहरू र अधिकारकर्मीहरूसँग छलफल गरेका थिए।

भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरूले उक्त विधेयकको विरोध गरेका छन्।

धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरूको भनाइ छ। रासस-एएनआई

प्रतिक्रिया दिनुहोस्