संगिताले दिलाइन् नेपाललाई अर्को स्वर्ण
काठमाडौं। संगिता बस्यालले तेक्वान्दोमा नेपाललाई थप स्वर्ण पदक जिताएकी छिन्।

१३औं दक्षिण एशियाली खेलकुद (साग)मा संगिताले ६२ केजी मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी हुन्।

संगिताले तेक्वान्दोको गेरुगीतर्फ भारतकी गगनजोत गिललाई १९–८ को स्कोरमा परजित गर्दै स्वर्ण पदक जितिन्।

“आफ्नो देशमा स्वर्ण पदक जित्न पाउँदा एकदम खुशी लागिरहेको छ”, उत्साहित बनेकी संगिताले भनिन्, “यसको श्रेय प्रशिक्षक र मेरो परिवारलाई दिन चाहन्छु।”

प्रशिक्षक संगिता बैद्यले खेलाडीको मिहिनेतका कारण स्वर्ण पदक जित्न सफल भएको बताइन्।

उनले थपिन्, “उनले धेरै मिहिनेत गरिकी छिन्। प्रशिक्षकको निर्देशनलाई पनि उनले राम्रोसँग ग्रहण गरिन्।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्