तेक्वान्दोमा सक्षमलाई पनि स्वर्ण

काठमाडौं। तेक्वान्दोको गेरुगीमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जितेका छन्।

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा ८७ किलो तौल समूहमा कार्कीले स्वर्ण जितेका हुन्।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा कार्कीले पाकिस्तानी खेलाडी वाकर अलिलाई २७–९ ले पराजित गरे।

यस स्पर्धामा भारत र श्रीलंकाले काँस्य पदक जित्यो।

तेक्वान्दोमा आजै महिला ६२ किलाे मुनिको तौल समूह गेरुगीमा स्वर्ण पदक जितेकी थिइन्।

संगीताले भारतकी गगनजोत गिललाई १९–८ को स्कोरमा हराएकी थिइन्।

आजै पदकको आश गरिएको निशा रावलले रजत पदकमा चित्त बुझाइन्।

७३ किलाेमाथिको तौल समूहमा ओलम्पियन निशा रोदाली बरुवासँग ३२-९ ले पराजत भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्