पुरुष फुटबल:  श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको १-० को अग्रता
काठमाडौं। कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलमा नेपालले आज श्रीलंकाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।

१३औं दक्षिण एशियाली खेलकुद(साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ।

दशरथ रंगशालामा ३४औं मिनेटमा श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा अनन्त तामाङलाई फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो।

उक्त अवसरलाई कप्तान सुजलले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। उनले बयाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

सुजलले भुटानविरुद्धको पहिलो खेलमा पनि दुई गोल गरेका थिए।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो। श्रीलंकाले पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्