काठमाडाैं। प्रतिनिधिसभाको नयाँ सभामुख चयन गर्नुपर्ने भएकाले संघीय संसदको आउँदो अधिवेशन चर्चामा छ।
सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेसँगै उनले राजीनामा दिएपछि प्रतिनिधिसभाले नयाँ सभामुख चयन गर्नुपर्नेछ।
सभामुख नरहेको, तर उपसभामुख भने बहाल रहेको यो अवस्थामा अब बस्ने प्रतिनिधिसभा बैठकको सञ्चालन कसले गर्ने भन्नेबारे पनि अन्योल छ।
नेपालको संविधान बमोजिम प्रतिनिधिसभा बैठकको अध्यक्षता उपभामुखले गर्न सक्छन्।
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ।
यो धाराको उपधारा ४ मा भनिएको छ, ‘सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ।’
तर, अहिले उठिरहेको प्रश्न संसद बैठकको शुरुआत र अन्त्य कसले गर्ने भन्ने हो।
संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने उल्लेख भए पनि प्रतिनिधिसभा नियमावली २०७५ मा भने संसदको प्रत्येक बैठक सभामुखले प्रारम्भ र स्थगनको घोषणा गर्ने उल्लेख छ।
नियमावलीको दफा ६ को उपदफा ४ मा भनिएको छ, ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ।’
यो व्यवस्थाअनुसार उपसभामुखले संसद बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्न सक्छन् कि सक्दैनन्?
कानूनका जानकारहरू भने उपसभामुखलाई त्यो अधिकार भएको बताउँछन्। “अध्यक्षता भनेको बैठक सञ्चालनसम्बन्धी सम्पूर्ण कार्य गर्न सक्ने भनेको हो”, राष्ट्रिय सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भने।
वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा भने उपसभामुखले संसद बैठकको प्रारम्भ र अन्त्य मात्र नभएर बैठक सञ्चालन नै गर्न नसक्ने जिकिर गर्छन्।
“राष्ट्रपति नहुँदा उपराष्ट्रपतिले कार्यवाहक चलाउन पाउछँन्, प्रधानमन्त्री नहुँदा प्रधानमन्त्रीले तोकेका मन्त्री वा उपप्रधानमन्त्रीले कार्यवाहक भूमिका बहन गर्न सक्छन्, तर सभामुख नहुँदा कार्यवाहक हुने व्यवस्था कहीँ पनि छैन”, उनले भने, “संविधानबमोजिम नै पनि उपसभामुखले संसद बैठक चलाउन मिल्दैन, अर्थात् उपसभामुखले सभामुखले गर्ने सबै कामकाज गर्न सक्दैन।”
यो अवस्थामा के गर्ने भन्नेबारे राजनीतिक निर्णय आवश्यक हुने देवकोटाले बताए।
“अहिलको अवस्था भनेको संविधानबमोजिम ज्येष्ठ सदस्यले संसद बैठकको अध्यक्षता गर्ने र सभामुख तथा उपभामुखको निर्वाचनका लागि प्रकृया अघि बढाउने हो”, उनले भने।
संसदमा सभामुख र उपसभामुख नरहेको अवस्थामा ज्येष्ठ सदस्यले संसद बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।
यस्तै अन्योल भएपछि राष्ट्रिय सभा नियमावली संशोधन गरिएको थियो।
३० फागुन २०७५ मा राष्ट्रिय सभा नियमावली २०७५ मा गरिएको पहिलो संशोधनमार्फत् यस्तो अन्योल हटाइएको हो।
राष्ट्रिय सभा नियमावलीको दफा ६ को उपदफा ४ मा ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने’ उल्लेख थियो, जसलाई संशोधन गरेर ‘तर, अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबूबाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन वा अध्यक्षले प्रारम्भ गरेको बैठक स्थगनको घोषणा गर्ने’ व्यवस्था थप गरिएको थियो।
जानकारहरू प्रतिनिधिसभा नियमावलीमा पनि यस्तो व्यवस्था गरिनुपर्ने बताउँछन्।
" /> काठमाडाैं। प्रतिनिधिसभाको नयाँ सभामुख चयन गर्नुपर्ने भएकाले संघीय संसदको आउँदो अधिवेशन चर्चामा छ।सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेसँगै उनले राजीनामा दिएपछि प्रतिनिधिसभाले नयाँ सभामुख चयन गर्नुपर्नेछ।

">