काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तगर्त आज भएको पुरुष फुटबलको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले श्रीलंकाविरूद्ध १-१ को बराबरीमा चित्त बुझाएको छ।
थप गरिएको ४ मिनेटको पहिलो मिनेटमै श्रीलंकाले फ्रिकिक पायो। मोहम्मद फाजलको पासमा सेबामालाई नायकमले गोल गरेपछि नेपाल अंक बाँड्न बाध्य भयो।
कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलमा नेपालले ३७औं मिनेटमा अग्रता लिएको थियो। दशरथ रंगशालामा ३४औं मिनेटमा श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा अनन्त तामाङलाई फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो।
उक्त अवसरलाई कप्तान सुजलले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। उनले बयाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।
सुजलले भुटानविरुद्धको पहलो खेलमा पनि दुई गोल गरेका थिए। पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो। श्रीलंकाले पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो।
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तगर्त आज भएको पुरुष फुटबलको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले श्रीलंकाविरूद्ध १-१ को बराबरीमा चित्त बुझाएको छ।थप गरिएको ४ मिनेटको पहिलो मिनेटमै श्रीलंकाले फ्रिकिक पायो। मोहम्मद फाजलको पासमा सेबामालाई नायकमले गोल गरेपछि नेपाल अंक बाँड्न बाध्य भयो।

">