काठमाडौँ। बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि देखिएको छ। बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको हो।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ३ स्याम्पल बैंगलुरु, २ हैदराबाद र एक पुणेको ल्याबमा परीक्षण गरिएको थियो। उनीहरू सबैलाई सम्बन्धित राज्यको कोभिड सेन्टरको आइसोलेसनमा राखिएको छ।
उनीहरूको सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राखिएको छ। उनीहरूको पनि पीसीआर परीक्षण गरिनेछ। पीसीआर परीक्षण गरेर कोभिड–१९ पोजिटिभ देखिएको खण्डमा मात्र नयाँ प्रजाति परीक्षण गर्नका लागि ल्याबमा पठाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
२५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्ममा बेलायतबाट झण्डै ३३ हजार यात्री भारत आएका थिए। उनीहरूमध्ये ११४ जनाको कोरोना पोजिटिभ देखिएको छ। उनीहरूको पनि जीन सिक्वेन्सिङ गरिनेछ। त्यसपछि मात्र नयाँ भेरियन्ट हो वा होइन भन्ने जानकारी हुनेछ।
भाइरसको नयाँ प्रजातिको फैलन सक्ने क्षमता ७० प्रतिशतले बढी हुने अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले नयाँ भेरिएन्ट तीव्र गतिमा गुण बदल्ने सक्ने क्षमताका रहेको बताएका छन्।
यो प्रजातिको भाइरस बेलायतसँगै स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, जर्मनी, इटाली, नेदरल्याण्ड, अस्ट्रेलिया, क्यानाडा, जापान, लेबनान, सिंगापुर तथा नाइजेरियामा पनि देखिएको छ।
" /> काठमाडौँ। बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि देखिएको छ। बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको हो।भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ३ स्याम्पल बैंगलुरु, २ हैदराबाद र एक पुणेको ल्याबमा परीक्षण गरिएको थियो। उनीहरू सबैलाई सम्बन्धित राज्यको कोभिड सेन्टरको आइसोलेसनमा राखिएको छ।

">