काठमाडौँ। स्थान– रत्नपार्क पुल, मिति– पुष १४ गते, समय– दिउँसो १ बजे।
दरबारमार्गको बाटो हुँदै एक मोटरसाइकल रत्नपार्कतिर आउँछ। रत्नपार्क पुलमुनि उभिएका ट्राफिक प्रहरीले उनको सवारी रोक्छ। उनी जानुपर्ने भृकुटीमण्डपतिर, तर ट्राफिक प्रहरीले दरबारमार्गतिरै फर्काउँछन्।
ट्राफिक प्रहरी – सर, तपाईँ योभन्दा अगाडि जान पाउनुहुन्न। बागबजार वा जमलतिर जानुहोस्।
मोटरसाइकल चालक – म त शहीद गेटतिर जानुपर्ने, (अलि आक्रोशित हुँदै) अनि पूर्व जानेलाई पश्चिम पठाएर हुन्छ।
ट्राफिक प्रहरी – त्यतातिर जुलुश छ। तपाईँ जान पाउनुहुन्न। अलि पर गएर फेरी यतै फर्किनुपर्छ। तपाईँलाई नै समस्या नहोस् भनेर त्यतातिर नजानुहोस् भनेको।
मोटरसाइकल चालक – सर! मेरो २ बजेदेखि परीक्षा छ, जान दिनुस् न।
ट्राफिक प्रहरी – सर, पूरै सडक जुलुसले भरिएको छ। तपाईँ कसरी जानुहुन्छ? अब हिँडेरै भए पनि परीक्षा दिन त जानुपर्यो।
मोटरसाइकल चालक – (निकै आक्रोशित हुँदै) होइन, हिडेर त एक घण्टा लाग्छ। अब जम्मा ३० मिनेट मात्र समय छ। कसरी जाने? यो नेताहरूले पनि कहिल्यै देश बन्न नदिने भए।
––
ट्राफिक प्रहरीले जानै नदिएपछि उनी मोटरसाइकल एक ठाउँमा राखेर परीक्षा दिन हिँडे, तर समयमै परीक्षा केन्द्रमा पुगिने वा नपुगिनेमा उनी आफै ढुक्क थिएनन्।
माथिको यो संबाद एकजना ट्राफिक प्रहरी र मोटरसाइकलमा सवार प्रशान्त भट्टराईबीचको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट प्रचण्ड-नेपाल समूहले आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनका कारण सडक नै ठप्प पर्दा उनीलाई यस्तो अप्ठेरो परेको हो।
भृकुटीमण्डपको बीच सडकमा नै कार्यक्रमका लागि स्टेज बनाइएको थियो। प्रदर्शनी मार्गमा पूरै मानिसहरूले भरेको थियो भने पर्यटन बोर्डको गेटनजिकै विरोधसभाका लागि स्टेज बनाइएको थियो।
काठमाडौँका विभिन्न १३ स्थानबाट जुलुस निस्केको थियो। सबै समूह भृकुटीमण्डपमा पुगेपछि शीर्ष नेताहरूसहितको जुलुस भद्रकाली, न्यूरोडगेट, जमल, बागबजार हुँदै फेरि सोही स्थानमा पुगेको थियो।
उनीहरूले आफ्नो राजनीतिक मुद्दा पूरा गराउन दबाब दिन यस्तो कार्यक्रम गरेको केही भन्न मिल्दैन। प्रदर्शनका कारण आज दिनभर काठमाडौँका सडक नै ठप्प बने।
सडक नै कब्जा गर्ने गरी गरिएको आन्दोनका कारण आफूहरू समस्यामा परेको प्रशान्तको भनाइ थियो। “मानिसहरू आ-आफ्नो कामका लागि बाहिर निस्किएका हुन्छन्, बाहिर जाँदा सडक नै पूरै जाम हुँदा दुःख सर्वसाधारणले नै पाउँछन्,” उनको प्रश्न गर्छन्, “उनीहरू आफ्नो राजनीतिक स्वार्थका लागि जनतालाई किन दुःख दिने?”
बिरामीलाई मोटरसाइकलमा बोकेर अस्पताल जान हिँडेका गोंगबु बस्ने हिरामान काजी पनि आज दिनभरको सवारी जामले श्रीमतीलाई अस्पताल नै लैजान पाएनन्।
“श्रीमतीको उपचारका लागि थापाथली प्रसूति गृह जान भनेर आएको थिएँ, रत्नपार्कभन्दा अगाडि बढ्नै पाइएन। अब भोलि जानुपर्ला,” उनले भने, “श्रीमतीलाई अस्पताल लैजान्छु भनेर अफिसमा बिदा मागेको थिएँ। यो आन्दोलनले सडक नै जाम भयो अब के गर्ने?”
––
यी दुई आज दुःख पाउने केवल प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्तै हजारौँ मानिस सडकमा हुने प्रदर्शनका कारण समस्यामा परेका छन्।
सडकमै आएर प्रदर्शन गर्दा अति आवश्यक कामका लागि बाहिर निस्किएकाहरूलाई निकै सास्ती हुने गरेको हिरामानको भनाइ छ।
“जनतालाई के समस्या भयो? कोरोना महामारीका कारण कस्तो समस्या भोग्न बाध्य छन्? भन्ने विषयमा जनतासँँग सोध्नसमेत आएनन्। जब आफ्नो पद खुस्कियो, अनि सडकमा आए,” उनले भने, “उनीहरूको राजनीतिक खिँचातानीका लागि हामीलाई किन दुःख दिनुपर्यो? उनीहरू आपसमै लडून्, हामीलाई यसरी सास्ती दिने काम बन्द हुनुपर्यो।”
यो समस्या अहिलेको मात्र होइन
आफ्नो राजनीतिक माग पूरा गर्नका लागि दबाब दिन सडकमा आउने काम अहिले मात्र भएको होइन। २०६२/०६३ को जनआन्दोलनपछि जनताले दिनहुँजसो सडक आन्दोलनको सामना गर्दै आए।
२०७२ सालको निर्वाचनपछि केपी ओलीको नेतृत्वमा सरकार बनेपछि सडक आन्दोलन केही कम भएको थियो। तर ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दिनहुँजसो सडकमा आन्दोलन भइरहेका छन्। प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका राजनीति दलहरू यतिबेला सडकमै छन्।
सवारी साधन व्यवस्थापनमा समस्या
सडकमा प्रदर्शन दुई तरिकाले हुन्छ। एक प्रदर्शन गर्नुअघि ट्राफिक प्रहरीलाई जानकारी दिएर, र अर्को ट्राफिक प्रहरीलाई कुनै जानकारी नदिइकन।
अग्रीम जानकारीसहित प्रदर्शन भएमा त्यहीअनुसार प्रि-प्लान बनाएर सवारी साधन डाइभर्ट गर्ने गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई बताउँछन्।
जानकारी नदिइकन एकाएक हुने प्रदर्शनले गर्दा बढी समस्या हुने उनको भनाइ छ। “सडकमा हुने जुनसुकै खालको प्रदर्शनले पनि ट्राफिक व्यवस्थापनमा असर त परिहाल्छ। तर पनि हामीले सकेसम्म व्यवस्थापन गर्ने गरेका छौँ। असरबारे त प्रदर्शन गर्नेहरूले बुझ्नुपर्ने हो,” एसएसपी भट्टराईले भने।
कुनै पनि समूहले आन्दोलन गर्नुपूर्व त्यसको असरबारे सोचेको खण्डमा सडकमा हुने प्रदर्शन र त्यसबाट आमनागरिकले खेप्नुपरेको सास्ती कम गर्न सकिने उनको भनाइ छ।
" /> काठमाडौँ। स्थान– रत्नपार्क पुल, मिति– पुष १४ गते, समय– दिउँसो १ बजे।दरबारमार्गको बाटो हुँदै एक मोटरसाइकल रत्नपार्कतिर आउँछ। रत्नपार्क पुलमुनि उभिएका ट्राफिक प्रहरीले उनको सवारी रोक्छ। उनी जानुपर्ने भृकुटीमण्डपतिर, तर ट्राफिक प्रहरीले दरबारमार्गतिरै फर्काउँछन्।

">