१६ मंसीरमा सातदोबाटो, ललितपुरस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सिनाले आफ्नो त्यही लक्ष्य पुरा गर्दा उनका बुबाको बर्षौंदेखिको सपना पनि साकार भयो ।
धरान, बबरकोटकी सिनाका बुबा नविन कुनै बेलाका तेक्वान्दो खेलाडी हुन् । उनी अहिले तेक्वान्दो प्रशिक्षक छन्। सिनाले पहिलो पटक आफ्नै बुबासँग प्रशिक्षिण गरेकी थिइन्। अर्थात् उनको खेल जीवनका पहिलो गुरु आफ्नै बुबा थिए।
खेलाडी जीवनमा नविनको लक्ष्य पनि सागमा स्वर्ण पदक जित्ने थियो। तर, त्यो लक्ष्य उनका निम्ति सपना मात्र बनेर रह्यो । नविन आफ्नो त्यो सपना छोरीहरुबाट पुरा गर्न चाहन्थे।
देखेका सपना पुरा हुन पनि सक्छन्, नहुन पनि । नविनका लागि पनि यो सपनाले सँधै परीक्षा लिइरह्यो । जेठी छोरी रितु, माइली छोरी रेश्मालाई उनले खेलमै लगाए। तर, दुवै छोरीबाट उनको त्यो सपना पुरा हुन सकेन ।
रितुले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेर बुबाको सपना पूरा गर्ने आशा त दिलाईन् तर सागको सपना पूरा हुन पाएन। रेश्माले भने खेलकुदमा खासै राम्रो गर्न सकिनन्।
अर्थात्, अब सिना मात्र त्यो आशाको अन्तिम किरण थिइन् । ढिलै सही, सिनाले त्यो सपना साकार पारिदिएकी छन् ।
“आज छोरीले हाम्रो सपना पुरा गरिदिइन्, म धन्य छु”, सिनाले स्वर्ण पदक जितेपछि प्रफुल्ल बनेका नविनले देखापढीसँग भने, “उनले गोल्ड मेडल लगाउँदै गरेको मैले आफ्नै आँखाले हेर्न त पाइनँ, तर सिनासँगै त्यो दिन मेरा अर्का दुई चेलीले पनि स्वर्ण पदक जिते। एक बाबु र प्रशिक्षकको रुपमा मेरो खुशीको सिमा छैन।”
नविन धरानका तेक्वान्दो प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा हुर्किएका स्वस्तिका तामाङ र सुशिला राईले पनि १३ औं साग अन्तर्गत् १६ मंसीरमा तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण पदक जिते।
छोरीले आफ्नो लक्ष्य र बुबाको सपना पुरा गर्दा आमा बिष्णुको पनि खुशीको सिमा छैन। खुशीले आँखा रसाएकी बिष्णुले भनिन्, “यति खुशी त मलाई पहिला कहिल्यै मिलेको थिएन । उसको बाबाले धेरै मिहिनेत गर्नु भएको थियो। हामीले धेरै सपना देखेका थियौं। आज पूरा भएको छ। एकदम खुशी छौं।”
धरानको समिट कजेलबाट १२ कक्षाको परिक्षा सकेर बसेकी सिना धरानमा रहेका बाबालाई भेट्न आतुर छिन्। पदक जित्ने बित्तिकै बुबाले फोन गरेर बधाई दिएका पनि थिए। तर १९ वर्षिया सिनालाई फोनमा कुरा गरेर चित्त बुझेको छैन ।
“मलाई खेल्न बाबाले नै सिकाउनुभो”, अब एशियन गेम्समा पनि पदक जित्ने लक्ष्य राखेकी सिनाले भनिन्, “बाबालाई भेट्न आतुर छु ।”
खेलाडीको परिवार
छोरीको खेल हेर्न नविन काठमाडौं आउन चाहन्थे । तर बिरामी भएकाले उनको आँट आएन । त्यसमाथि घर कुर्नपर्ने बाध्यता। कारण, उनीबाहेक परिवारका सबैजना काठमाडौं आएका थिए ।
आमा बिष्णु, दिदीहरु रितु, रेश्मा सबै सातदोबाटोमै थिए ।
सिनाका भिनाजु पनि चर्चित खेलाडी नै हुन् । रितुले फुटबलर जुमानु राईसँग विवाह गरेकी छन्। जुमानु पनि सोमबार बच्चासहित सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा पुगेका थिए।
जुमानु भन्दै थिए, “सिनाको खेल हेर्नकै लागि सबै यतै आयौं ।”
आमा बिष्णु भन्छिन्, “मेरो परिवारमा म बाहेक सबै खेलाडी। म मात्र गृहिणी ।”
‘डरपोक थिइन् सिना’
पदक जितेपछि सिनाले संचारकर्मीहरुलाई निर्धक्क प्रतिकृया दिइन् । तर, सागमा पहिलो सहभागितामै नेपाललाई स्वर्ण पदक दिलाएकी सिना सानो छँदा भने डरपोक थिइन्।
“सानो छँदा सिधासाधा, अलि डरपोक थियो”, आमा बिष्णुले थपिन्, “तर खेलकुदमा लागेपछि डरसर नलाग्ने भयो। पढाइ पनि राम्रो छ।”
नविन र विष्णुका तीन छोरी छन्, सिना सबैभन्दा कान्छी हुन् । समाजमा अझैं पनि छोरा चाहिन्छ भन्ने मानसिकता हट्न सकेको छैन । यही निहुँमा कैयौं महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन् ।
सिनाको घरमा भने फरक वातावरण छ । आमा विष्णु भन्छिन्, “छोरा नभएर के भो त। तीन छोरीहरु नै छोरा समान छन्। मलाई छोरा नभएको फिल कहिले भएन ।”
" />१६ मंसीरमा सातदोबाटो, ललितपुरस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सिनाले आफ्नो त्यही लक्ष्य पुरा गर्दा उनका बुबाको बर्षौंदेखिको सपना पनि साकार भयो ।

">